Kathmandu Press

स्कटल्यान्डका  नेपालीले दिए नारायणी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर

वीरगन्ज, असार ४ : कोभिड-१९ राहत सहयोग समिति स्कटल्याण्डले वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरेको छ ।...
स्कटल्यान्डका  नेपालीले दिए नारायणी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर

वीरगन्ज, असार ४ : कोभिड-१९ राहत सहयोग समिति स्कटल्याण्डले वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरेको छ । गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो ।

जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्निडेन्ट डा. वीरेन्द्रबहादुर  प्रधानलाई हस्तान्तरण गरिएको थियो। सो अवसरमा डा. प्रधानले स्कटल्यान्डका नेपाली र नेपालीआबद्ध संघसंस्थाले गरेको सहयोगप्रति अस्पताल निकै आभारी भएको बताए। प्राप्त कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा ठूलो मद्दत पुग्ने उनको भनाइ छ।

Hardik ivf

कोभिड-१९ राहत सहयोग समितिमा गैरआवासीय नेपाली संघ स्कटल्यान्ड, नेपाल स्कटल्यान्ड एसोसिएसन, स्कट स्पोर्टस् क्लब, ग्लास्गो नेपाली एसोसिएसन, दियो क्लब युके , नेपाल स्कटिस सोसाइटी, हिमालयन आर्टस् एन्ड कल्चरल सेन्टर, फाइफ नेप्लिज  कम्युनिटी , नेपाली साउथ  साइड  कम्युनिटी ग्लास्गो रहेका छन्।

त्यस्र्तै फोर्थ भ्याली नेप्लिज एसोसिएसन, जिएस आर्टस् एन्ड कल्चर, हरियाली आमा समूह, अर्गनाइजेसन फर नेप्लिज कल्चर एन्ड वेलफेयर, नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्ड, नेप्लिज युथ स्कटल्याण्ड पनि सो समूहमा संलग्न छन्।

प्रकाशित मिति: १४:५४ बजे, शुक्रबार, असार ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्