Kathmandu Press

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुवै विधेयकको संयुक्त छलफल प्रभावकारी हुन्छ : मन्त्री पाण्डे

नेपाली कांग्रेसका सांसद एनपी साउदले संशोधनहरूको डुप्लिकेसन, रिपिटेसन, ओभरल्यापिङ, जस्ता कुराहरूमा दृष्टिकोण निर्माण गर्नका लागि मन्त्रालय र समिति दुई वटै विधेयक र कार्यक्षेत्रका बारेमा स्पष्ट हुन जरुरी रहेको बताए। 
हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुवै विधेयकको संयुक्त छलफल प्रभावकारी हुन्छ : मन्त्री पाण्डे

काठमाडौं, साउन २० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी दुवै विधेयकहरूको संयुक्त छलफल गर्दा प्रभावकारी हुने बताएका छन्। 

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भएको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको प्रारम्भिक दफावार छलफलमा उनले यस्तो बताएका हुन्। उनले व्यवहारिक हिसाबले दुबै विधेयक अन्तरसम्बन्धित भएकाले एउटा विधेयकलाई टुङ्ग्याउँदै गर्दा अर्को विधेयकलाई मस्तिस्कमा राखिएन भने अप्ठ्यारो हुने बताए। 

Hardik ivf

‘ऐन, नीति, कानून बनाउने काम भनेको संसदको नै हो। त्यो कार्यान्वयन गर्ने इकाईलाई आवश्यकता अनुसार बोलाउँछौं, त्यसमा कुनै दुविधा भएन। आवश्यकता अनुसार प्राविधिक रुपमा लिनु पर्ने सहयोग, अभ्यासका क्रममा लिन्छौं। हामी मन्त्रालय सचेत छौं,’ उनले भने, ‘प्रकृयाको हिसाबले एउटा ऐनलाई छुट्टै टुङ्ग्याउनु ठिक हो। तर व्यवहारिक हिसाबले अन्तरसम्बन्धित भएकाले एउटा ऐनलाई टुङ्ग्याउँदै गर्दा अर्को विधेयकलाई मस्तिस्कमा राखिएन भने अप्ठ्यारो हुन्छ। सबैको कुरा बुझ्दा गन्जागोल छ भन्ने आयो। त्यसो हुँदा मन्त्रालयले प्रष्ट गर्नुपर्यो यी दुई वटा ऐनहरु, हिजो ऐनमा के व्यवस्था थियो। आज दुई वटा बनाउनुपर्ने किन आवश्यक भयो। कुन काम कता गयो र कार्यान्वयनमा पनि के कारणले यो अलग बनाउँदा अप्ठ्यारो पैदा हुँदैन भन्ने कुराको सबै जना पहिला प्रष्ट हुनुपर्छ।’ 

तर सांसदहरुले दुई वटै विधेयक एकै पटक समितिमा छलफल हुँदा गन्जागोल भएको बताएका छन्। 

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद एनपी साउदले संशोधनहरूको डुप्लिकेसन, रिपिटेसन, ओभरल्यापिङ, जस्ता कुराहरूमा दृष्टिकोण निर्माण गर्नका लागि मन्त्रालय र समिति दुई वटै विधेयक र कार्यक्षेत्रका बारेमा स्पष्ट हुन जरुरी रहेको बताए। 

दुईवटै विधेयक पढ्दा एकै किसिमको विषयवस्तु आएको र अल्मलिएको अवस्था रहेको बताउँदै उनले यसमा स्पष्ट गराएर अगाडि बढ्न जरुरी रहेको बताए। 

‘संशोधनहरूको डुप्लिकेसन, रिपिटेसन, ओभरल्यापिङ, जस्ता कुराहरूमा पनि एउटा दृष्टिकोण निर्माण गर्नका लागि मन्त्रालय र यो समिति दुई वटै विधेयक र कार्यक्षेत्रका बारेमा स्पष्ट हुन जरुरी छ जस्तो लाग्छ।  दुईवटै विधेयक पढ्दा एकै किसिमको विषयवस्तु पनि आएको छन् की भन्ने कुरामा अल्मलिएको अवस्था छ,’ उलने भने, ‘त्यसैले त्यसको बारेमा एउटा पोजिसन क्लियर गरेर अघि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ।’ 

प्रकाशित मिति: १६:०० बजे, मंगलबार, साउन २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्