Kathmandu Press

खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकायमा खुलायो भर्ना

काठमाडौं, असार ४ : नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकायमा नयाँ भर्नाका लागि आवेदन खुलाएको छ।ती संकायअन्तर्गत विभिन्न तहमा शैक्षिक सत्र २०७८÷७९...
खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकायमा खुलायो भर्ना

काठमाडौं, असार ४ : नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकायमा नयाँ भर्नाका लागि आवेदन खुलाएको छ।

ती संकायअन्तर्गत विभिन्न तहमा शैक्षिक सत्र २०७८/७९ का लागि अनलाइनका माध्यमले भर्ना गर्न सकिने आज (शुक्रबार) निकालिएको सूचनामा उल्लेख छ।

विश्वविद्यालय मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेस (एमबीए) दुई वर्षे सेमेस्टर स्नातकोत्तर कार्यक्रम, मास्टर अफ साइन्स इन डेभलभमेन्ट मेनेजमेन्ट एन्ड गोभर्नेन्स (एमएसडीएमजी) दुई वर्षे सेमेष्टर स्नात्तकोत्तर कार्यक्रमका लागि आवेदान माग गरेको छ।

त्यस्तै ब्याचलर अफ ल (एलएलबी) तीन वर्षे वार्षिक स्नातक कार्यक्रमका लागि पनि भर्ना खुलाएको हो। तीनवर्षे बीबीएस का लागि पनि भर्ना खोलिएको छ। 

भर्ना आवेदन फाराम भर्न विश्वविद्यालयको वेबसाइटमे जानुपर्नेछ। शैक्षिक योग्यता प्रमाणपत्रका साथै अन्य आवश्यक कागजात स्क्यान गरेर अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ। आवेदन दिने अन्तिम मिति १५ गतेलाई तोकिएको छ।

प्रवेश परीक्षा अनलाइनमार्फत लिइने सुचनामा जनाइएको छ।

एमबीए तहका लागि प्रवेश परीक्षाको समय साउन २३ गते सनिबार बिहान साढे ८ बजेका लागि निर्धारणगरिएको छ। सोही दिन दिउँसो ३ बजे एमएसडिएमजीको प्रवेश परीक्षा हुनेछ। बीबीएसको भने परीक्षा पत्र यो सूचनामा तोकिएको छैन। आवेदन शुल्कभने ३ सय रुपैयाँ तोकिउको छ।

एलएलबी तहका लागि आवेदन दिनहरूले साउन ३० गते शनिबार बिहान साढे ८ प्रवेश परीक्षा दिनुपर्नेछ।

एमबिएको आवेदन शुल्क १२ सय, एमएसडीएमजीको आवेदन शुल्क १२ सय र एलएलबीको लागि एक हजार तोकिएको छ ।

उक्त शुल्क नेपाल खुला विश्वविद्यालयको ग्लोबल आईएमई बैंक कीर्तिपुर शाखामा रहेको खातामा जम्मा गरी भौचर स्क्यान गरी आवेदनसँग अपलोड गर्नु सूचनामा उल्लेख छ।

हेर्नुहोस् भर्नाको सूचना

 

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्