Kathmandu Press

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले निःशुल्क एमबिबिस पढाउने

फुङलिङ, असार ४ : ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहनेलाई निःशुल्क पढाउने भएको छ। बिहीबार सम्पन्न गाउँपालिको...
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले निःशुल्क एमबिबिस पढाउने

फुङलिङ, असार ४ : ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहनेलाई निःशुल्क पढाउने भएको छ। बिहीबार सम्पन्न गाउँपालिको नवौँ गाउँ सभामा उक्त घोषणा गरिएको हो।

एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीमध्ये वर्षमा एकजनालाई गाउँपालिकाकै खर्चमा एमबिबिएस पढाउन लागेको जनाइएको छ। विद्यार्थीले पढाइ सकेपछि अनिवार्य रूपमा दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गर्नुपर्ने सर्त राखिएको गाउँपालिकाले जनाएको छ।

Hardik ivf

‘निःशुल्क शिक्षा हामी सबैको इच्छा’ नाराअन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने पालिकाभरिका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था, प्रत्येक वडाका एकएक जना सर्बोत्कृष्ठ विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिकाभरिका ४१ वटै विद्यालयका विद्यार्थीको पोसाकमा एकरुपता कायम गर्ने नीति गाउँपालिकाले लिएको छ।

गाउँपालिकाले एसइईअघि कम्तीमा दुई महिना निःशुल्क कोचिङ कक्षा चलाउने भएको छ भने उपाध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत दलित, महिला र अपाङ्गता परिचयपत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिष्ट्रेन शुल्क र परीक्षा शुल्कवापतको रकम गाउँपालिकाले व्यहोर्ने भएको छ।

यस्तै प्रत्येक वर्षको एसइई परीक्षामा पालिकाभित्रबाट सर्बोत्कृष्ट नतीजा ल्याउने एक छात्र र एक छात्रालाई एक–एक थान ब्रान्डेड ल्यापटपसहित सम्मान गरिने भएको छ। 

यसैगरी कक्षा ८ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई नगद रकमसहित पुरस्कृत गर्ने योजना पनि गाउँपालिकाले अघि सारेको छ।

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, असार ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्