प्रतितोला १२०० ले घट्यो सुनको मूल्य 

काठमाडौं, असार ४ : आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैँयाले घटेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैँया र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रूपैयाँ कायम भएको छ। 

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले सस्तिँदै १ हजार ३ सय ५ रुपैँया तोकिएको छ।

 Published Date: Friday, 18th June 2021 11:17:00 am