Kathmandu Press

स्क्रिनरको निर्णायक गोलमा स्लोभाकिया विजयी

काठमाडौं, असार १ : युरोकप फुटबलमा स्लोभाकियाले विजयी सुरुआत गरेको छ। सोमबार राति रुसको सेन्ट पिटर्सबर्गमा भएको खेलमा डिफेन्डर मिलान स्क्रिनरले दोस्रो हाफमा गरेको...
स्क्रिनरको निर्णायक गोलमा स्लोभाकिया विजयी

काठमाडौं, असार १ : युरोकप फुटबलमा स्लोभाकियाले विजयी सुरुआत गरेको छ। सोमबार राति रुसको सेन्ट पिटर्सबर्गमा भएको खेलमा डिफेन्डर मिलान स्क्रिनरले दोस्रो हाफमा गरेको निर्णायक गोल मद्दछमा पोल्यान्डलाई २–१ ले हराउँदै स्लोभाकियाले युरोकपमा विजयी सुरुआत गरेको हो।

खेलमा स्लोभाकियााई जित दिलाउन मिलान स्क्रिनरले निर्णायक गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। पोल्यान्डका कारोल लिनेटीले गोल गरेका थिए।

Hardik ivf

१८औं मिनेटमा आत्मघाती गोलमार्फत खेलमा स्लोभाकियाले अग्रता लिएको थियो। रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कंदै गोलकिपर वेज्सिएक स्जजेस्नीलाई छोएर गोलमा परिणत भएको थियो।

पहिलो हाफमा १–० ले पछि परेको पोल्यान्डले दोस्रो हाफको सुरुआतमै गोल गर्दै खेलालाई बराबरीमा ल्यायो। ४१औं मिनेटमा लिनेटीले गोल गरेका थिए। 

६२औं मिनेटमा पोल्यान्ड १० खेलाडीमा सीमित भयो। उसका मिडफिल्डर ग्रेगोर्ज क्रिचोविकले दोहोरो पहेलोँ कार्ड खाँदै मैदान बाहिरिएका थिए। 

त्यसको फाइदा उठाउँदै ६९औं मिनेटमा स्लोभाकियाले पुनः अग्रता लियो। कप्तान मरेन हाम्सिकको पासमा स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २–१ को जित दिलाए।

प्रकाशित मिति: ०६:५१ बजे, मंगलबार, असार १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्