Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु   

काठमाडौं, जेठ ३१ : काभ्रे र कैलालीमा भएका छुट्टाछुट्टै सवार िदुर्घटनामा दुईजनाको मृत्यु भएको छ।काभ्रेको बनेपा नगरपालिका–२ कलममसीस्थित सडकमा बा२२प ९९८ नम्बरको मोटरसाइकल...
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु   

काठमाडौं, जेठ ३१ : काभ्रे र कैलालीमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

काभ्रेको बनेपा नगरपालिका-२ कलममसीस्थित सडकमा बा२२प ९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृतक सोही नगरपालिका-२ बस्ने सर्लाही लालबन्दी घर भएका २८ वर्षीय राज मगर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहमा से५प २६७१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री भजनी नगरपालिका-१ बस्ने ४६ वर्षीयि सादुराम डगौराको आइतबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै घाइते मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारका लागि लागि माया मेट्रो अस्पताल धनगढी तथा मोटरसाइकलमा सवार एकजनालाई थप उपचारका लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ।

घाइते दुबै जनाको अवस्था गम्भीर छ । घाइते भएका साइकलयात्री उपचारपछि डिस्चार्ज भएका छन्। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्