Kathmandu Press

गण्डकी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

पोखरा, जेठ ३१ : आज (सोमबार) दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्दैछ। उक्त बैठकमा भर्खरै बनेको सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको...
गण्डकी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

पोखरा, जेठ ३१ : आज (सोमबार) दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्दैछ। उक्त बैठकमा भर्खरै बनेको सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको छ। उक्त सरकार शनिबार मात्र गठन भएको थियो। 

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनैपर्ने कानुनी बाध्यता छ । त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्छ। दुई दिनको अन्तरालमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले विज्ञसहितको टोली खटिएको बताइएको छ।

Hardik ivf

सबै पार्टीका घोषणा पत्रका मुख्यमुख्य नीतिलाई समेट्नेगरी नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको मुख्यमन्त्री स्रोतले जनाएको छ।

योजना आयोगका पूर्वउपाध्यक्ष जगदिशचन्द्र पोखरेल, मीन श्रेष्ठ र नीति तथा योजना आयोग गण्डकीका पूर्वसदस्य भीमा ढुंगानाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहयोग गरिरहेको जनाइएको छ।

त्यस्तै कांग्रेसबाट विष्णु लामिछाने, माओवादी केन्द्रबाट रामजी बराल, जनता समाजवादी पार्टीबाट धनमाया लामा पोखरेल सम्मिलित समूह नीति तथा कार्यक्रम निर्माणमा जुटिरहेको बताइएको छ।

कांग्रेस संसदीय दलकोे नेतासमेत रहेका मुख्यमन्त्री  कृष्णचन्द्र नेपाली पोखरेलले नीति तथा कार्यक्रम र बजेट ल्याउनेबारे आइतबार निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पनि छलफल गरेका थिए।

आज बैठकमा प्रसतुत हुने नीति तथा कार्यक्रम नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र नै मुख्य प्राथमिकतामा पर्ने बताइएको छ।त्यस्तै कृषि, पर्यटन, उद्योगलगायतलाइ पनि प्राथमिकतामा दिने योजना अहिलेको सरकारले बनाएको छ।

जेठ २७ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएका थिए। वैकल्पिक सरकार गठनको प्रक्रिया अगाडि बढेपछि विपक्षी गठबन्धनले ३१ सांसदको हस्ताक्षरसहित बहुमतको दाबी प्रस्तुत गरेपछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

प्रकाशित मिति: १२:०९ बजे, सोमबार, जेठ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्