विश्व आर्थिक मञ्चले किन अन्यायविरुद्ध लिँदैन सार्वजनिक अडान?

हिंसामा परी निर्दोष मारिँदा र मानवअधिकार हनन् हुँदा कुनै पनि संवेदनशील व्यक्तिले आक्रमणकारीको निन्दा गर्छन्। त्यस्तो कार्यको निन्दा नगर्दा नैतिक हिसाबबाट गल्ति महसुस हुन्छ। तर, हिंसामा परी निर्दोष मानिसको हत्या र उनीहरूले यातना भोग्नुपर्दा पनि अन्तर्राष्ट्रिय संस्थाहरू कतै निष्पक्षताको आवरणबाट त ढाकिएका छैनन्।

पंक्तिकारको व्यक्तिगत धारणा छ, यस्तो अवस्थामा दृढताका साथ बोल्नुपर्छ। दोस्रो विश्वयुद्धपछि पंक्तिकार जर्मनीमा हुर्केको हो। र, हामीलाई सबैभन्दा प्रभावकारी नैतिक पाठ पास्टर मार्टिन निमोलरले सिकाएका थिए। उनले आफूले केही नगरेकोमा पश्चाताप गरे र यसको नतिजाको विषयमा चेतावनी दिए। ‘त्यसपछि तिनीहरूले मलाई पक्राउ गरे,’ सन् १९३८ मा पक्राउ गरिएको बारेमा उनले भनेका थिए, ‘त्यतिबेला मेरो पक्षमा बोल्ने कोही थिएन।’

मेरो लागि उनीबाट सिकेको पाठ भनेको हामीले त्यस्तो परिस्थितिमा नबोलेका कारण एक दिन त्यसको व्यक्तिगत मूल्य चुकाउनुपर्छ भन्नेबारेमा थिएन। तर, अन्यायविरुद्ध जवाफ नदिई जब हामी बस्छौँ, हामीले सामाजिक मूल्य चुकाउनुपर्छ भन्ने कुरा थियो। आशय स्पष्ट थियो। हाम्रो पृष्ठभूमि वा कार्यक्षेत्र जे भए पनि व्यक्तिगत नैतिकता एक न्यायपूर्ण समाजको आधारशिला हो र जब नैतिक सीमाहरू पार हुन्छन्, तब हामीले सबैको प्रतिकारको भूमिका वहन गर्न चुक्नु हुन्न। हाम्रो सामूहिक नियति यसमा निर्भर भएको हुन्छ।

५० वर्षअघि आफैँले स्थापना गरेको संस्था अन्यायविरुद्ध बोल्दैन भन्ने सोच्दा मलाई विराधाभाषपूर्ण लाग्छ। संगठनको नेतृत्वमा हामीमध्ये धेरैले धेरैपटक अडान लिन खोजेका छौँ यद्यपि हामीलाई त्यो कहिल्यै सम्भव भएन। युद्धहरू छेडिए, शासकहरूले अपराध गरे, नश्लवादी नेताहरू सत्तामा आए, विश्व आर्थिक मञ्चले कहिल्यै सार्वजनिक आलोचना गरेन। आखिर किन ?

यसको कारण हो– हामी दुनियाँको स्थितिमा मद्दत या सुधार गर्ने आफ्नो खोजीमा अर्कै भूमिका वहन गरिरहेका छौँ। यो केवल सार्वजनिक र निजी क्षेत्रको बीचमा मात्र होइन, विरोधी राजनीतिक शक्तिबीच, जहाँ निष्पक्ष र स्वतन्त्र दलालको सेतुको भूमिका हो। यस्तो भूमिका सफल पनि हुन्छ, विनाकुनै सार्वजनिक हल्ला नै। फेरि पनि शान्ति, सहयोग र साझा समृद्धिको दुनियाँ स्थापित गर्नु महत्त्वपूर्ण छ।

आफ्नो इतिहासमा हामी यस भूमिकामा व्यवस्थित रूपमा विकसित भयौँ। मूलतः आर्थिक मञ्च भएकाले धेरै फरक पृष्ठभूमिबाट आएका पार्टीहरूलाई पनि आकर्षित गरेका छौँ। तथापि प्रतिस्पर्धा कम्पनीहरू, राजनीतिक दल र भूराजनीतिक प्रतिद्वन्द्वीको पनि विरोध ग¥यौँ। तिनीहरूले यस्तो मञ्च पाए, उनीहरू एक यस्तो विषयमा बोल्न चाहन्थे, जसले उनीहरूलाई जोड्थ्यो। हामीले पनि त्यस्ता पार्टीहरूलाई एकसाथ खडा हुन अनुमति दियौँ।

उदाहरणका लागि सन् १९८० को दशकमा टर्की र ग्रिसका राजनीतिक नेताहरूले डाभोसमा भेटवार्ता गरे र यसलाई शान्ति र सहयोग कायम गर्ने उद्देश्य निम्ति अनौपचारिक संगठनको रूपमा प्रयोग गरियो। एफडब्लू डे क्लर्क र नेल्सन मन्डेला, पश्चिम र पूर्वी जर्मनीका नेताहरू, साइप्रसका नेताहरू र विभिन्न समयमा इजरायल र प्यालेस्टिन क्षेत्रका राजनीतिक र पछि व्यवसायिक नेताहरूको समयमा पनि त्यस्तै भएको थियो।

एक अन्तर्राष्ट्रिय संगठनको रूपमा हाम्रो घोषणपत्रमा निष्पक्षता र तटस्थता उल्लेख छ। हामीले संगठनका नियम पनि बनायौँ, जसले मानिसलाई उनीहरूको जाति, राष्ट्रियता, लिंग या राजनीतिक विश्वासबाट स्वतन्त्र मञ्चसँग गाँसिने अवसर मिल्छ। जब कि, उनीहरूलाई जानकारी छ, मञ्चको उद्देश्य संवाद र कार्यउन्मुख माध्यम तयार पार्नु हो। र, त्यसबाट दुनियाँको स्थितिमा सुधार ल्याउन सकिने विश्वास देखिन्छ।

अन्ततः मलाई विश्वास छ, एक निष्कक्ष र स्वतन्त्र संगठनका रूपमा हाम्रो भूमिका उपयुक्त छ। यसले हामीलाई धेरै अवसरमा दुई पक्षलाई भेला गराउने र उनीहरूलाई शान्तिपूर्ण सहयोगका लागि आपसी सहकार्य गर्न मनाउन अनुमति दिएको छ। ती त्यस्ता पक्ष हुन्, जो आफैँ मिल्न चाहँदैनन्।

व्यक्तिगत र संस्थागत दुवै कोणबाट हामी विश्वमा विगत ७५ वर्षमा स्थापित भएका सार्वभौम सिद्धान्त, अधिकार र ढाँचाको पूर्ण रूपमा समर्थन गर्छौँ, ता कि यो सुनिश्चित गर्न सकियोस् कि संसारभर शान्तिपूर्ण र समृद्ध जीवन हासिल गर्न सकियोस्। तर, जब विशिष्ट संघर्षमा र त्यसमा सहभागी विशिष्ट पक्षहरूका साथ बोल्नुपर्ने कुरा आउँछ, हामी कुनै एक पक्षको आलोचना गर्ने कुरालाई रोक्न खोज्छौँ। यो एक यस्तो विकल्प हो, जसलाई हामी दृढ विश्वास र साहसका साथ छनोट गर्छौँ। किनकि, हामीलाई थाहा छ– संसारमा जो सामने आइरहेको छ, वहाँ एक भरोसालायक, इमानदार सेतु आवश्यक छ।

(क्लाउस स्वोब विश्व आर्थिक मञ्चका संस्थापक र कार्यकारी अध्यक्ष हुन्।)

-द प्रिन्टबाट

 Published Date: Sunday, 13th June 2021 6:24:00 am