Kathmandu Press

‘महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन’ : रिजाल 

काठमाडौं, जेठ २९ : नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले पार्टीले क्रियाशील सदस्यता  टुङ्ग्याएर महाधिबेशनमा लाग्नुपर्ने बताएका छन् ।नेपाल तरुण दल अर्घाखाँची पाणिनी...
‘महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन’ : रिजाल 

काठमाडौं, जेठ २९ : नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले पार्टीले क्रियाशील सदस्यता  टुङ्ग्याएर महाधिबेशनमा लाग्नुपर्ने बताएका छन् ।

नेपाल तरुण दल अर्घाखाँची पाणिनी काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा तरुण विद्यार्थीको भूमिका विषयक भर्जुअल कार्यक्रममा’ उनले  मतदाता नामावली छिटो तय गरी महाधिवेशनमा लाग्नुपर्छ भने ।

“काँग्रेसले लामो समयसम्म क्रियाशील सदस्यता नदिएको कारण क्रियाशील सदस्यता लिनेक्रम बढेको छ, न्यायोचित रुपमा क्रियाशील सदस्यता विवाद टुङ्गाउनुपर्छ,”– उनले भने । पार्टीका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टीको विधानअनुसार पार्टी सञ्चालन भएको भए काँग्रेसभित्र अहिलेको समस्या नआउने बताए ।

“पार्टी सभापतिले नै समयमा महाधिवेशन हुने विज्ञप्ती जारी गरिसकेको अवस्थामा महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन,”– उनले भने । काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले वर्तमान सरकारबाट लोकतन्त्र र संविधानमाथि प्रहार हुन खोजेको आरोप लगाउँदै यसको रक्षाका लागि काँग्रेस जुट्नुपर्ने बेला आएको बताईन् ।

अर्का केन्द्रीय सदस्य जीवन परियारले निर्धारित समयमा नै काँग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । 

प्रकाशित मिति: २०:५० बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्