Kathmandu Press

मातृभूमिको सुरक्षामा सशस्त्रको योगदान महत्वपूर्ण छ : गृहमन्त्री

काठमाडौं, जेठ २९ : गृहमन्त्री खगराज अधिकारीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरी राष्ट्र र नागरिकको सेवा र सुरक्षामा भएगरेका...
मातृभूमिको सुरक्षामा सशस्त्रको योगदान महत्वपूर्ण छ : गृहमन्त्री
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २९ : गृहमन्त्री खगराज अधिकारीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरी राष्ट्र र नागरिकको सेवा र सुरक्षामा भएगरेका काम कारवाहीबारे जानकारी लिएका छन्।

उक्त निरीक्षणपश्चात आयोजित समारोहमा गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी कर्मचारीले सीमा सुरक्षामा पु¥याएको योगदान र राष्ट्र तथा नागरिकको सेवा-सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गरे।

सदियौँदेखि सार्वभौम सम्पन्न सगरमाथाको देश नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमता महत्वपूर्ण रहेको उनको भनाइ थियो।

मन्त्री अधिकारीले भने, ‘कोभिड-१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिईएको सेवा तथा सुविधा अब्बल छ,  भूकम्पजस्ता महामारीमा साधन श्रोतको अभावकाबीच सशस्त्र प्रहरीले गरेको कार्यको सम्मान प्रकट गर्न चाहन्छु ।’

गृहमन्त्री अधिकारीले मन्त्रालय आवश्यक साधनश्रोत, जनशक्ति  र वृृत्ति विकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्ने बताए। उनले कार्यक्षेत्रमा पूर्ण व्यावसायिक र उच्च मनोवलकासाथ क्रियाशील हुन सशस्त्रका प्रहरी कर्मचारीलाई निर्देशन दिए।

उनले समयानुकुल राशन व्यवस्थापन, वृत्ति विकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने आश्वासन दिए।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गृहमन्त्रीबाट भएको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको मनोवल तथा हौसलामा वृद्धि भएको विश्वास व्यक्त गरे।

गृहमन्त्रीको १२ बुँदे निर्देशन र निरीक्षण भ्रमणको क्रममा भएको निर्देशनलाई अक्षरस पालना गरिने उहाँले प्रतिवद्धता व्यक्त गरे। भ्रष्टाचार तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीति कडाईका साथ पालना गर्दै सङ्गठन अगाडि बढिरहेको जानकारी गराए।

प्रकाशित मिति: १८:१२ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्