Kathmandu Press

कर्णाली प्रदेश नीति तथा कार्यक्रम : ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’

सुर्खेत, जेठ २९ : कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा  प्रदेश...
कर्णाली प्रदेश नीति तथा कार्यक्रम : ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’

सुर्खेत, जेठ २९ : कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा  प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम आज प्रस्तुत गरेका हुन्। 

कर्णालीको दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै सामाजिक, आर्थिक न्यायसहितको विकासका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार, दिगो विकास र समृद्धिको लागि पूर्वाधार’ भन्ने मूल ध्येय लिइएको सरकारको नीति तथा कार्यक्रमले स्वास्थ, शिक्षा, कृषि, रोजगारी, गरिबी अन्त्य र पूर्वाधार विकासलाई जोड दिएको छ। 

प्रस्तुत नीति तथा कार्यक्रममा कर्णाली प्रदेश सरकारले ‘हामी महामारीलाई जित्छौँ’ भन्ने आत्मविश्वासका साथ जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता दिर्इ स्वास्थ्य परीक्षण, उपचार, उपकरण, औषधि, जनशक्ति र पूर्वाधारसमेत व्यवस्थापनका कार्यहरू प्रभावकारी रुपमा अगाडि बढाउने नीति लिएको छ।

कर्णाली प्रदेशको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालीन सोच हाँसिल गर्न प्रथम पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक-सामाजिक रुपान्तरणसहितको समानुपातिक समावेशी विकास लक्ष्य विन्दुमा पुर्याउने दिशामा आगामी कार्यक्रमहरू केन्द्रित रहेको नीति तथा कार्यक्रममा उल्लेख  छ।

प्रकाशित मिति: १७:५४ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्