Kathmandu Press

अवैध लागूऔषधसहित तीन स्थानबाट ६ जना पक्राउ

काठमाडौं, जेठ २९ : मोरङ, बारा र कञ्चनपुरबाट अवैध लागूऔषध सहित ६ जनाललाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मोरङका दुईजना छन्। मोरङको सुनवर्सी नगरपालिका-८ सिक्टीबाट...
अवैध लागूऔषधसहित तीन स्थानबाट ६ जना पक्राउ

काठमाडौं, जेठ २९ : मोरङ, बारा र कञ्चनपुरबाट अवैध लागूऔषध सहित ६ जनाललाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङका दुईजना छन्। मोरङको सुनवर्सी नगरपालिका-८ सिक्टीबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुईजनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–९ बस्ने २९ वर्षीय सिर्जन श्रेष्ठ र ४७ वर्षीय दामबहादुर भुजेल छन्।

Hardik ivf

प्रदेश १-०२-०४१ प २५४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर चोकबाट २ सय ३२ बोतल लागूऔषध ओनरेक्ससहित वीरगन्ज महानगरपालिका–१७ बस्ने २१ वर्षीय सारुख मियाँलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

बीआर२२डी ४१४४ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले रोक्ने क्रममा नरोकी भागेपछि पिछा गर्दै जाँदा सोही ठाउँस्थित केयर भिजन बोर्डिङ स्कुलमा लुकिछिपी बसेको अवस्थामा उनलाई उक्त लागूऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै कञ्चनपुरबाट पनि तीन जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–९ झिलमिला रोडबाट करिब ६ ग्राम अवैध लागूऔषध चरेशजस्तो देखिने कालो पदार्थसहित बेदकोट नगरपालिका-२ बस्ने २१ वर्षीय प्रकाश भट्टलगायत तीनजनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

सिमा प्रहरी चौकी ब्रह्मदेवबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १७:१३ बजे, शनिबार, जेठ २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्