Kathmandu Press

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्व

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्व

सुर्खेत, जेठ २८ : आर्थिक विनियोजन विधेयकमा मन्त्रीको हस्ताक्षर नभेटिएपछि एमालेले आज (शुक्रबार) को कर्णाली प्रदेशसभा बैठक अवरुद्व पारेको छ।

आर्थिक वर्ष २०७८/८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै एमालेले बैठक अवरुद्ध पारेको हो।

सभामुख राजबहादुर शाहीले आर्थिक मामिलामन्त्री शर्माले बिहीबारको बैठकमा टेबल गरेको आर्थिक वर्ष २०७८/८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयक छलफलमा प्रवेश गराउन लाग्दा एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले विनियोजन विधेयकमा हस्ताक्षर नभएको भन्दै बैठक अगाडि बढ्न नसक्ने बताए।

एमाले संसदीय दलको नेता यामलाल कँडेलले आफूहरुलाई प्राप्त दस्तावेजमा मन्त्रीहरुको हस्ताक्षर नभएसम्म बैठक चल्न नसक्ने अडान लिए पछि बैठक आधा घण्टाका लागि सभामुख शाहीले बैठक स्थगित गरेका छन्।

प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्