गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ 

काठमाडौं, जेठ २७ : गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ ।

सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा पुगेका लामालाई सोधपुछका लागि भन्दै  लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि पुर्‍याईएको छ । 

 Published Date: Thursday, 10th June 2021 7:30:00 pm