Kathmandu Press

सिद्धबाबा पहाड काट्ने भन्ने कुरा सत्य होइन : उपप्रधानमन्त्री पौडेल

काठमाडौं, जेठ २६ : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाल्पाको सिद्धबाबा पहाड उत्खननसम्बन्धी गर्ने कुरा निराधार हल्ला मात्र भएको बताएका छन्।नेपाल वातावरण पत्रकार...
सिद्धबाबा पहाड काट्ने भन्ने कुरा सत्य होइन : उपप्रधानमन्त्री पौडेल

काठमाडौं, जेठ २६ : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाल्पाको सिद्धबाबा पहाड उत्खननसम्बन्धी गर्ने कुरा निराधार हल्ला मात्र भएको बताएका छन्।

नेपाल वातावरण पत्रकार समूहद्वारा बुधबार राजधानीमा आयोजित एक अन्तर्क्रियामा बोल्दै उनले सिद्धबाबा पहाडमा पर्यावरणीय संरक्षण र प्राकृतिक प्रकोपका कारण भइरहेको मानवीय क्षति रोक्न सुरुङमार्गको अवधारणा ल्याइए पनि पहाड नै काट्ने विषय गलत भएको स्पष्ट पारे।

Hardik ivf

‘ढुंगा, गिट्टी र बालुवाको निर्यात गर्ने नीति कति जायज ?’ भन्ने विषयमा गरिएको अन्तरक्रियामा उनले सिद्धबाबा डाँडा काटेर त्यहींबाट सडक लैजानुपर्छ भन्ने प्रस्ताव भने आएको तर सो प्रस्तावको आफू सख्त विरोधी रहेको बताए। सिद्धबाबा पहाडको अस्तित्व जोगाउँदै यातायात सहज बनाउन त्यहाँ सुरुङ मार्ग निर्माणका लागि आफूले पहल गरेको उनको दाबी थियो। 

चुरे संरक्षणको महत्व आफूलाई राम्रोसँग थाहा भएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले विपक्षीहरू चुरेको सहारा लिएर राजनीति नगर्न आग्रह गरे। आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यको चुरे उत्खननको विषय नरहेको स्पष्ट पार्दै उनले बजेट वक्तव्य पढ्न सुझाए।

वातावरणीय प्रभाव अध्ययनपछि उपयुक्त ठहर भएका ठाउँमा मात्र उत्खनन गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो। चुरे तराईको जनजीवनसँग गाँसिएको  बताउँदै उनले यसको क्षतिबाट हुने पीडा आफूले समेत महसुस गरेको उनले सुनाए।

प्रकाशित मिति: १३:२७ बजे, बुधबार, जेठ २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्