Kathmandu Press

चुरे शिवालिक तराईको लाइफ लाइन हो : प्रथम राष्ट्रपति यादब

काठमाडौं, जेठ २३ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादबले प्राकृतिक महत्व बोकेको चुरे शिवालिक तराईको लाइफ लाइफ लाइन भएको बताएका छन्...
चुरे शिवालिक तराईको लाइफ लाइन हो : प्रथम राष्ट्रपति यादब

काठमाडौं, जेठ २३ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादबले प्राकृतिक महत्व बोकेको चुरे शिवालिक तराईको लाइफ लाइफ लाइन भएको बताएका छन् ।

चुरे बचाउ अभियानलाई मुर्त रुप दिन लोकतन्त्रका लागि संबाद समुहले भर्चुअल अन्तरक्रिया कार्यक्रममा गैह्र संबैधानिक बाटोबाट ल्याइएको बजेटले चुरे दहन नीतिलाई  प्राथमिकता दिई राज्यको ब्यपार घाटा कम गराउछु, भन्नु सरकारको मुर्खता र निन्दनीय कार्य भएको यादवले बताएका हुन् ।

Hardik ivf

बन्यजन्तु संरक्षण, बाताबरण संरक्षण , पर्याबरणिय संरक्षणका लागि पनि आम समुदायले चुरे संरक्षणमा ध्यान दिन सबैलाई आग्रह समेत गरे । कार्यक्रममा नेपाल सरकारका पुर्ब सचिब एवम् राष्ट्रिय चुरे संरक्षण बिकास समितिका पुर्ब अध्यक्ष रामेश्वर खनाल लगायतले चुरे उत्त्खनन रोक्नु हामि सबैको कर्तव्य भएता पनि सरकार आफै बिनासमा लागि क्षणिक फाइदा हेर्नु लज्जाको बिषय भएको भनि आक्रोश व्यक्त गरेका थिए ।

बौद्धिक ब्यक्तित्व र राज्यको उपल्लो निकायमा कार्यरत रहि अबकास रहनु भएको करिब छ सय जना उपस्थित रहेको उक्त कार्यक्रमको सहजीकरण नारायण प्रसाद भट्टराईले गरेका थिए भने प्राबिधिक र आन्तरिक रुपमा स्थायी शिक्षक हक हित मंचका केन्द्रीय संयोजक रमेश बाबु भट्टराईले गरेका थिए । 

यस्तै, अनुसन्धान एबम संरक्षण बिज्ञ डा.नागेन्द्र यादव, डा बिजय सिंह र चन्द्र किशोर यादबले पनि चुरे संरक्षणको सट्टा बिनासको निति बजेटमा ल्याउनाले सरकार दीर्घकालीन नितिमा असफल भएको टिप्पणी गरे । 

प्रकाशित मिति: १८:५९ बजे, आइतबार, जेठ २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्