दिदीबहिनी भारतबाट भागेर आए, राति २ बजे टिकटक बनाए अनि भक्तपुरमा एउटै डोरीमा झुन्डिए
‘मरेर गए पनि नतोडिने बन्धन माया हो’ बोलको गीतमा टिकटक बनाउँदै उनीहरुले नाइलनको डोरी समेत देखका थिए।
काठमाडौं, साउन ८ : भक्तपुरमा दुई किशोरी एउटै डोरीमा झुन्डिएको अवस्थामा भेटिएका छन।
सुर्खेतको पञ्चपुरी–८ स्थायी घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सिर्जना कँडेल एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।
उनीहरू भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८, बोडे सिन्टिटारस्थित एक घरमा डेरामा बस्दै आएका थिए।
उनीहरु दुईसातादेखि सो घरमा भाडामा बस्दै आएका थिए। प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी बाँधेर डोरीको दुई भागमा एक–एकजना झुन्डिएको अवस्थामा भेटिएका हुन्।
भारतको मुम्बईमा परिवारसहित बस्दै आएका उनीहरु त्यहाँबाट भागेर नेपाल आएको प्रहरीले जनाएको छ। उनीहरुको परिवार लामो समयदेखि रोजगारीका लागि भारतमा बस्दै आएको छ।
यता, परिवारले छोरीहरु हराएको भन्दै प्रहरीमा समेत उजुरी दिएको थियो। उनीहरु घरबाट कम्प्युटर क्लास जान्छु भनेर हिँडेका बताइएको छ।
झुन्डिनुअघि दिदीबहिनी आज बिहान २ बजेसम्म टिकटक बनाएका थिए। ‘मरेर गए पनि नतोडिने बन्धन माया हो’ बोलको गीतमा टिकटक बनाउँदै उनीहरुले नाइलनको डोरी समेत देखका थिए। उनीहरुको मोबाइलमा आफूहरु मर्न लागेको भनेर पनि भिडियो बनाएको भेटिएको प्रहरीले जनाएको छ।
मृतकका बुवा वासुदेव कँडेल मुम्बईबाट आजै आएपछि मात्र प्रहरीले शव उठाउने तयारी गरेको छ। परिवार आएपछि घटनाबारे विस्तृत अनुसन्धान गरिने प्रहरीले जनाएको छ।












-(7)-1765197040.jpg)