Kathmandu Press

स्थानीय चुनाव केन्द्रित कांग्रेसको नयाँ रणनीति, ‘इलेक्सन ब्युरो’ को घोषणा 

यसरी बनेको ब्युरोले उम्मेद्वारहरुको चयन गर्ने र कुनै–कुनै पालिकामा पार्टीभन्दा बाहिरका मान्छे समेत ल्याउन सकिने बताएका हुन् । कांग्रेस महाधिवेशनको बन्द सत्रमा बोल्दै थापाले यस्तो बताएका हुन्। उनले भने, ‘लिडरसिप एकेडेमीको कोर्स गरेका व्यक्तिमात्रै उम्मेदवार हुन्छन्। उनीहरू गाउँपालिकाको नेतृत्वमा बस्दा गाउँपालिका वा नगरपालिका कसरी चल्छ र पब्लिक फाइनान्स के हो ? जलवायु परिवर्तन के हो भन्ने कुरा थाहा हुनैपर्छ।’
स्थानीय चुनाव केन्द्रित कांग्रेसको नयाँ रणनीति, ‘इलेक्सन ब्युरो’ को घोषणा 

काठमाडौं, असोज २० : आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाई उम्मेदवार बनाउने रणनीति सहित इलेक्सन ब्युरो घोषणा गरेको छ । नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनको बन्द सत्रमा बोल्दै सभापति गगन थापाले केन्द्रीय कार्यालयसँग समन्वय गरि इलेक्सन ब्युरो बनाउने र ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाई उम्मेदवार बनाउने घोषणा  गरेका हुन् । 

यसरी बनेको ब्युरोले उम्मेद्वारहरुको चयन गर्ने र कुनै–कुनै पालिकामा पार्टीभन्दा बाहिरका मान्छे समेत ल्याउन सकिने बताएका हुन् । कांग्रेस महाधिवेशनको बन्द सत्रमा बोल्दै थापाले यस्तो बताएका हुन्। उनले भने, ‘लिडरसिप एकेडेमीको कोर्स गरेका व्यक्तिमात्रै उम्मेदवार हुन्छन्। उनीहरू गाउँपालिकाको नेतृत्वमा बस्दा गाउँपालिका वा नगरपालिका कसरी चल्छ र पब्लिक फाइनान्स के हो रु जलवायु परिवर्तन के हो भन्ने कुरा थाहा हुनैपर्छ।’

पार्टीका नेता एवं उपसभापति पुष्प भुसालको नेतृत्वमा गठित ‘इलेक्सन ब्युरो’ ले निर्वाचन केन्द्रित कामहरूलाई व्यवस्थित रूपमा अगाडी बढाईसकेको छ । पार्टीले यसपटक टिकट वितरण प्रणालीमा ठूलो फेरबदल ल्याउने तयारी गरेको छ। लामो समयसम्म पार्टीमा काम गरेर दुःख पाएको वा निश्चित समय सदस्यता लिएको हुनैपर्ने परम्परागत मान्यतालाई केही खुकुलो बनाउँदै कांग्रेसले प्रजातान्त्रिक मूल्य–मान्यता बोकेका, समाजमा ख्याति कमाइ सकेका र प्रभावकारी डेलिभरी दिन सक्ने योग्य व्यक्तिहरूलाई प्रत्यक्ष प्रवेश ९डाइरेक्ट इन्ट्री० को माध्यमबाट उम्मेदवार बनाउने नीति लिएको छ।

स्थानीय सरकारहरूलाई समावेशी र सशक्त बनाउने उद्देश्यसहित पार्टीले महिला उम्मेदवारहरूलाई विशेष प्राथमिकतामा राखेको छ । पार्टी सभापतीले सार्वजनिक रूपमै व्यक्त गरेअनुसार आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा पनि १०० जना महिलाहरूलाई प्रमुख पदमा उम्मेदवार बनाउने गरी कांग्रेसले तयारी थालेको छ । टिकट वितरण प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी, व्यवस्थित र संगठनको मर्म अनुकूल बनाउन पार्टीले आधुनिक प्रणालीको विकास गरिरहेको छ । 

पोलिटिकल ब्युरो अन्तर्गत राजनीतिक टिम र टेक्निकल टिमको समायोजन समेत गरिरहेका प्रकाश तिवारीका अनुसार योगदान र योग्यता दुवैको कदर गर्ने प्रणाली निर्माण भइरहेको छ। तिवारी अर्जुनचौपारी गाउँपालिका स्याङ्जाका अध्यक्ष एवं १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्म्दवार समेत रहेका छन् । 

स्थानीय सरकारका प्रमुख भनेको जनतालाई सीधै सेवा प्रवाह गर्ने महत्त्वपूर्ण पद भएकाले क्षमतावान्, अनुभवी र योग्य नेतृत्व चयन गर्नु देशको समृद्धि र सुशासनका लागि अनिवार्य सर्त रहेको निष्कर्ष कांग्रेसको रहेको तिवारीले बताए । 

पार्टीको जारी अधिवेशनलगत्तै यो निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुने बताइएको छ। भुसाल संयोजक र निवर्तमान सहमहामन्त्री जीवन परियार सह संयोजक रहेको इलेक्सन ब्युरोमा तिवारीसहित १७ सदस्य रहेका छन् । जसमध्ये ८ जना राजनीतिक र ९ जना प्राविधिक क्षेत्रमा छन् ।

प्रकाशित मिति: ०७:२२ बजे, मंगलबार, असोज २०, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्