Kathmandu Press

सामान्य प्रशासन मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने

मन्त्रीस्तरको निर्णय अनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा गुनासा सम्बोधन गर्न क्षमता विकास महाशाखा अन्तर्गतको सुशासन शाखाले गुनासो व्यवस्थापन इकाइको रूपमा समेत कार्य गर्ने जनाइएको छ ।
सामान्य प्रशासन मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने

काठमाडौं, साउन ८ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको छ । सेवाग्राहीको गुनासो सुनुवाइ तथा समाधानका लागि मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको हो । 

मन्त्रीस्तरको निर्णय अनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा गुनासा सम्बोधन गर्न क्षमता विकास महाशाखा अन्तर्गतको सुशासन शाखाले गुनासो व्यवस्थापन इकाइको रूपमा समेत कार्य गर्ने जनाइएको छ ।

Hardik ivf

सेवाग्राहीले विभिन्न सञ्चार साधन वा आफैँ उपस्थित भई लिखित वा मौखिक गुनासो गर्ने वापत्राचार गरी गुनासो पठाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सहजकर्ताले तत्कालै सम्बोधन गर्न नसक्ने भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव भए सम्बोधन गर्ने, नसक्ने भए महाशाखा प्रमुख सँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने भनिएको छ । 

प्रकाशित मिति: ०८:३० बजे, बिहीबार, साउन ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्