Kathmandu Press

नेपाल बङ्गलादेश बैंक २७ औं बर्षमा 

नेपाल बङ्गलादेश बैंक २७ औं बर्षमा 

काठमाडौं, जेठ २३ : नेपाल बङ्गलादेश बैंकले २७ औ बार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको थियो। 

बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो । यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकहरुलाई बैकिङ्ग सुबिधा दिदैं आएको  छ। 

Hardik ivf

बैंकले अत्याधुनिक बैकिङ्ग सुबिधाहरु दिनुको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको जनाएको छ ।  आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई. ६६ लाख मुल्यको २५ सय भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण  गरेको छ । साथै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख नगदसहयोग प्रदान गरेको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनटे«टर खरिद गर्ने जनाएको छ। 

आफ्नो वार्षिकोत्सवको अवसरमा बैंकको २७ बर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिनुहुने श्रद्घेय ग्राहक महानुभावहरु, शुभचिन्तक, शेयरधनी, नियामक निकाय एवं साझेदार संस्थाहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै ग्राहक महानुभावहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्घता पनि गरेको जनाएको छ। 


 

प्रकाशित मिति: ०८:१४ बजे, आइतबार, जेठ २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्