Kathmandu Press

विश्वकप छनोटमा चाइनिज ताइपेइको सामना गर्दै नेपाल

काठमाडौं, जेठ २० : विश्वकप र एसियन कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले चाइनिज ताइपेइको सामाना गर्दैछ। समूह बी अन्तर्गत नेपाल...
विश्वकप छनोटमा चाइनिज ताइपेइको सामना गर्दै नेपाल

काठमाडौं, जेठ २० : विश्वकप र एसियन कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले चाइनिज ताइपेइको सामाना गर्दैछ। समूह बी अन्तर्गत नेपाल र चाइनिज ताइपेइबीचको कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा राति ९ः४५ बजे सुरु हुने छ।

छनोटका समूहका बीका सम्पूर्ण खेल कुवेतमा अयोजना हुँदै छ। कोरोना महामारीका कारण विश्वकप छनोटका घरेलु मैदानमा खेल्ने तीनवटा कुवतेमा खेल्न लागेको हो । नेपालले चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनसँग खेल्ने छ। 

विश्वकप छनोटको अघिल्लो चरण पुग्ने सम्भावना लभभग सकिए पनि एसियन कप छनोको अर्को चरण पुग्न सम्भवाना बाँकी नै रहेकाले नेपाली टिम जितका लागि मैदान उत्रने छ। छनोटकै पहिलो खेलमा चाइनिज ताइपेइविरुद्ध २–०को जित निकालेकाले पनि नेपाली टिम उत्साहित छ।

Hardik ivf

तर, कुवेतका गर्मी मौसममा खेल्न भने चुनौतिपूर्ण छ । ४५ डिग्रीमाथिको गर्मीमा खेल्नु दुवै टिमका खेलाडीलाई सहज हुने छैन। 

प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि कुवेतको मौसमा खेलन त्यति सहन नहुने बताएका थिए । नेपाल र ताइपेइबीचको प्रतिस्पर्धा सुरु हुँदा कुवेत सिटीको तापक्रम ४७ डिग्री सेल्सियस हुनेछ । 

नेपालले यो विश्वकप छनोटको पहिलो खेल पनि जाबेर अल हमाद रंगशालामै खेलेको थियो । जहाँ कुवेतविरुद्ध ७–० को अनपेक्षित हार बेहोरेको थियो । 

प्रशिक्षक अलमुताइरीको आगमनपछि हौसिएको नेपाली टिम जित जित निकाल्दै एसियन कप छनोट अघिल्लो चरण प्रवेश गर्ने दाउनमा हुने छ। एसियाली महारथी अस्ट्रेलिया र जोर्डनको सामना गर्नुअघि आत्मविश्वास बढाउन पनि नेपाललाई ताइपेइविरुद्ध जित चाहिएको छ ।

प्रशिक्षक अलमुताइरीले एसियन कप छनोटमा हाम्रो सम्भावनाका लागि ताइपेइलाई हराएर समूहमा चौथो स्थानमा सुरक्षित हुन चाहेको बताए । उनले युवा खेलाडीलाई समय र धैर्य आवश्यक रहेको बताए । 

नेपाल र ताइवानले हालसम्म दुई खेल खेलेका छन् । त्यो पनि एक मैत्रीपूर्ण र यही विश्वकप छनोटमा । ६ जुन, २०१९ मा भएको मैत्रीपूर्ण खेल १–१ मा टुंगिएको थियो ।  १० सेप्टेम्बर, २०१९मा अञ्जन विष्टको दुई गोलमा नेपालले विश्वकप छनोटमा ताइपेइलाई २–०ले हराएको थियो ।

प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, जेठ २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्