कोरोना संक्रमित भएपछि गायक दीप श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं, जेठ १४ : कोरोना संक्रमण देखिएपछि गायक तथा संगीतकार दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ‘का  ‘कोच ‘ समेत रहेका दीप ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।

यसअघि शोका जज प्रमोद खरेललाई पनि कोरोना संक्रमण देखिएको थियो । तर उनी कोरोनामुक्त भइसकेका छन् ।

यसैबीच गायक खरेलले सामाजिक सञ्जालमार्फत गायक श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका छन् । 

 Published Date: Friday, 28th May 2021 7:58:00 pm