विश्वलाई द्रवित बनाएका गंगा नदीमा तैरिएका शव

भारतस्थित गंगा नदीमा हजारौँ शव तैरिरहेको अवस्थामा फेला परे। मृतकका परिवारसँग शवलाई सम्मानजनक रूपमा दाहसंस्कारका लागि स्रोत साधन थिएन। यस दृष्यले संसारभरका मानिसलाई व्याकुल बनाएको छ। त्यसलगत्तै भारतको राष्ट्रिय मानव अधिकार आयोगले मृतकको सम्मानजनक दाहसंस्कारका लागि कदम चालेको छ।

जीवितै रहेकाहरूको आ–आफ्नो इज्जत हुन्छ। चाहे ती श्रमिक, गरिब वा सामाजिक वहिष्करणमा परेका या यौनिक हिसाबबाट सिमान्तकृत नै किन नहून्। मानिसको मस्तिष्कमा यो विषय जति छ, त्यति नै सामाजिक जीवनमा पनि अन्तर्निहित छ। सामान्य अवस्थामा त मानिसले मृतकका लागि कुनै दायित्व महसुस गर्दैन।

तर, खासगरी ती मानिस, जो ढल वा नाला र शौचालय सफाइ गर्छन्, रातदिन शव जलाउने घाटमा सास लिन्छन्, भोकका कारण, भोकले निम्त्याउने रोग र मानवीय व्यवस्थापन हुन नसक्नुको दुःखमा पिल्सिएकाहरूको मृत्यु हुँदा पनि सम्मानजनक व्यवहार हुन सक्दैन। उल्टै उनीहरूलाई राष्ट्रिय सुरक्षाका लागि शत्रु मानिन्छ।

किन मानिस नदीमा बगिरहेका या किनारमा उधिनिएका शव देखेर त्रसित हुन्छन्? किन त्यो भयावह अवस्था सृजना हुन दिने मानिसले पछुतो महसुस गर्ने कल्पना गर्छौँ? भारतको राज्य र यसका नागरिकका लागि ती मृतक पहिलेदेखि नै गैर–नागरिकझैँ थिए। जो कथित मुठभेडमा मारिन्छन्, उनीहरू सामाजिक रूपमा बेदखल हुने गर्छन्।

अन्य जो जीवनभर न्यायका लागि लड्छन्, आफूलाई जेलको अँध्यारो कोठामा कैद पाउँछन्। र, त्यस्ता नागरिकले चुपचाप मृत्युवरण गर्नुपर्छ। राज्यका लागि ती नागरिकको मृत्युप्रति कुनै आश्चर्य हुँदैन, किनकि त्यस्तो मृत्यु घृणाको संक्रमण फैलाउने एक अवसर बन्छ।

नदीमा तैरिरहेका, किनारमा चिहानबाट बाहिरिएका र अन्य शवको नेतृत्व गर्नु कठिन कुरा हो। यस घटनाले राज्यशक्तिलाई धक्का दिएको छ। र, यसमा जिम्मेवारहरूले सदैव दण्डबाट उन्मुक्ति पाएका छन्।

त्यसबाहेक, त्यस्तो शक्ति पनि छ, जसलाई राजनीतिक तर्कको उपयोग गर्नुमा कुनै पश्चाताप छैन। र, त्यो शक्ति सातापिच्छे जनताका नाममा सम्बोधन गर्दै ठण्डा, गणनात्मक राजनीतिक, आर्थिक तर्क अगाडि सार्छ। चाहे त्यो सामन्तवादी होस् या तानाशाही, या लोकतान्त्रिक नै किन नहोस्, हामी त्यसको व्याख्या गरेर थाक्दैनौँ। हामी यसलाई जतिसुकै तर्कबाट प्रमाणित गर्ने प्रयत्न गरौँ, क्यामरुनका दार्शनिक अकिला एमबेम्बे यसको स्पष्ट वर्णन गरिसकेका छन्– यो यस्तो राजनीति हो, जसले विभाजन र विनाशको कल्पना गर्छ।

यस शताब्दीको पहिलो दशकदेखि नै आतंकवादविरुद्धको लडाईं सुरु भयो। एमबेम्बेको मनमा त्यही लडाईं घुमिरहेको थियो। र, उनको भनाइ सार्वजनिक भयो, ‘टाढा–टाढा अर्काको घरमा अराजकता र मृत्युलाई भड्काएर कसैले पनि आफ्नो घरलाई पवित्र राख्न सक्दैन।’

मृत्युका प्रति यस अकर्मण्यताको अर्को पहलु पनि छ। हामीलाई लाग्ने गर्छ, यो हामी आफैँले पैदा गरेको समस्या हो। र, त्यसैमा हृदयहीन राज्यको प्रत्याभूति अडेको छ।

बनारसका जलिरहेका घाटहरू हेरौँ, जहाँ मृतकलाई ‘पवित्र’ जमिनमा जलाउन मानिस प्रतिबद्ध छन्। त्यो त भन्ने कुरा मात्र हो। खासमा, त्यहाँ आधा जलेका र सडेका शवलाई नदीमा बगाइन्छ। बनारसका घाटहरूमा मृतकलाई जलाउँदा उसको आत्मा स्वर्ग जान्छ भन्ने विश्वास राखिन्छ। र, निश्चित रूपमा हामी जन्म र मृत्युबीच सम्बन्धविच्छेद हुने आशा गर्छौँ। त्यसैले उत्तरप्रदेश र बिहारस्थित गंगा नदीमा तैरिरहेका शवहरू कुनै अपवाद होइनन्। त्यहाँ सधैँ यस्तो दृष्य देखिइरहन्छ।

यो असाधारण हो, यसकारण होइन कि यो अन्यथा अकल्पनीय होइन। तर, यसले आदतकै कारण यस्तो आकार लिँदैन। विश्वास र किंवदन्तीमा विश्वास गर्छ। र, सामाजिक जबर्जस्ती र नैतिक हताशाले यस्तो अवस्था सिर्जना गर्छ।

मानिसहरू सामु विकल्पहीन छुटहरू छन्। कसरी मानिसको ठूलो हिस्सा विफल अपेक्षा र खण्डित आशाका साथ आफ्नो कामलाई जारी राख्छन्। फेरि पनि अराजक क्रोधको सहारा लिँदैनन्। सफाइ कर्मचारी, मसानघाटका श्रमिकहरूलाई थाहा छ, उनीहरूले त्यो काम गरेनन् भने अरू कसैले गर्दैनन्।

विडम्बना र उदासिनता धेरै छ। मृत्युसँग जोडिएको एउटा गरिमा छ, जसमा ब्राह्मण पण्डितले मृतकको कर्मकाण्ड गर्नुपर्ने मान्यता रहिआएको छ। यो एक भद्दा मजाकबाहेक केही होइन। भन्ने गरिन्छ, मृतकको अन्त्येष्टिमा मद्दत गर्नेहरूले कहिलेकाहीँ अन्तिम संस्कारमा पनि मद्दत गर्छन्। यद्यपि, उनीहरूले यो काम इच्छा लागेर गरेका हुँदैनन्। तर पनि, उनीहरूमाथि मृत्युलाई पैसा कमाउने साधन बनाएको लाञ्छना लगाइन्छ। वास्तवमा पण्डितले पनि त मृत्युकै व्यापार गरिरहेको हुन्छ नि। के त्यसो भए मानव मुक्ति र गरिमा मन्त्र पढेर प्राप्त हुन्छ ?

यो सबैमा न सार्वजनिक, न त सामाजिक विवेक खल्बलिन्छ। हामी हाम्रो जीवन र मृत्युमा मर्यादा प्रदान गर्नेहरूको अवस्था केलाउने हिम्मत गर्दैनौँ। त्यसको साटो हाम्रो आफ्नै अमानवीय व्यवहारलाई जिम्मेवार मान्छौँ, जातीय कलंकबाट पछाडि हट्छौँ, दूरी बनाउँछौँ अनि फेरि दयालु बन्न हतारिन्छौँ। हामी सोच्दैनौँ– हामीले यो प्रणालीलाई नै अन्त्य गर्नु आवश्यक छ, जो असमानता र क्रुरताको प्रतीक बनेको छ।

(द वायरबाट)
 

 Published Date: Thursday, 20th May 2021 6:21:00 am