चक्रवातको प्रभाव : देशभर हल्का वर्षा, केही स्थानमा भारी वर्षा, हावाहुरीसहितको वर्षाको सम्भावना न्यून
काठमाडाैं, जेठ ३ : अरब सागरबाट सुरु भएको शक्तिशाली ‘ताउक ते’ समुद्री आँधी (चक्रवात)को प्रभाव नेपाल सामान्य पर्ने मौसमविद्हरुले बताएका छन् । भारतका...
काठमाडाैं, जेठ ३ : अरब सागरबाट सुरु भएको शक्तिशाली ‘ताउक ते’ समुद्री आँधी (चक्रवात)को प्रभाव नेपाल सामान्य पर्ने मौसमविद्हरुले बताएका छन् । भारतका मुम्बई, कर्नाटक, गोवा, गुजरातलगयातका क्षेत्रमा ठूलो क्षति पु¥याएको चक्रवातले नेपालमा अप्रत्यक्ष प्रभाव पार्ने जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ‘ताउक ते’का कारण नेपालका अधिकांश स्थानमा वर्षा हुने छ । चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा रहेकाले नेपालका बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ ।
यस्तै केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
नेपालमा चक्रवातको अप्रत्यक्ष प्रभाव मात्र रहने तथा ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । चक्रवातको प्रभाव शुक्रबारसम्म रहने बताइएको छ ।
मुलुकभर यस याममा प्रिमनसुनको गतिवधिका कारण मेघगर्जन÷चट्याङ ÷हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत अनुरोध गर्दै चक्रवातलाई निरन्तर अनुगमन गरिएकाले मौसम अद्यावधिक गरिरहन सबैमा आग्रह गरेको छ ।
-(7)-1754027599.jpg)