Kathmandu Press

२१ लाखले लगाए कोरोनविरुद्धको खोपको पहिलो डोज, दोस्रो डोज लगाउने करिब ४ लाख मात्रै

२४ माघबाट सुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म नेपालमा २१ लाख १३ हजार ८० जनाले खोपको पहिलो डोज लगाएका छन् भने दोस्रो डोज लगाउनेको संख्या ३ लाख ८९ हजार २ सय ५७ छ ।
२१ लाखले लगाए कोरोनविरुद्धको खोपको पहिलो डोज, दोस्रो डोज लगाउने करिब ४ लाख मात्रै

काठमाडौं, जेठ ३ : नेपालमा अहिलेसम्म २१ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

२४ माघबाट सुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म नेपालमा २१ लाख १३ हजार ८० जनाले खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएक १३ खोप मध्ये नेपालमा अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको कोभिडशिल्ड र चीनले उत्पादन गरेको भेरोसेल प्रयोगमा ल्याएको छ।

Hardik ivf

कोरोनाविरुद्धको खोपको पहिलो चरणअन्तर्गत १४ माघदेखि १० फागुनसम्म प्राथमिकतामा परेका  ४ लाख ४३ हजार १ सय ६ जनाले कोभिसिल्डको पहिलो डोज लगाएका थिए ।

१३ फागुनदेखि  १० चैत्रसम्म चलेको दोस्रो चरणमा १३ लाख ६४ हजार ७ सय १ जना कोभिसिल्डको पहिलो डोज लगाएका थिए । यस्तै, ८ फागुनदेखि ६ चैतसम्म  नेपाली सेनाका १५ हजार ८ सय ५६ कर्मचारीले कोभिसिल्डको पहिलो डोज लगाएका छन्।

चिनियाँ खोप भेरोसेलको पहिलो डोज २५ चैत १५ वैशाखसम्म लगाइएको थियो । जसमा २ लाख ८९ हजार ४ जना १७ जनाले भेरोसेलको पहिलो डोज लगाएका थिए ।

सरकारले दोस्रो डोजको खोप लगाउन पनि सुरु गरिसकेको छ। अहिलोसम्म दोस्रो जोड लगाउनेको संख्या ३ लाख ८९ हजार २ सय ५७ छ। जसमध्ये ३ लाख ७४ हजार ८ सय ६० ले कोभिसिल्डको दोस्रो डोज लगाएका छन् भने १४ हजार ३ सय ९७ ले भेरोसेलको दोस्रो डोज लगाएका छन्।

भेरोसेलको दोस्रो डोज आइतबारबाट दिन सुरु गरिएको छ । पहिलो चरणमा काठमाडौं महानगरपालिकाभित्र दोस्रो डोज लगाइँदै छ।

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, जेठ ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्