सभापति देउवाद्वारा नेता रिजालको निधनप्रति दुःख व्यक्त
काठमाडौं, जेठ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन्।तत्कालीन कांग्रेस गुल्मी...
काठमाडौं, जेठ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन्।
तत्कालीन कांग्रेस गुल्मी क्षेत्र ३ का पूर्वसभापति रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षका उमेरमा निधन भएको थियो।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत इश्मा गाउँ कार्यसमितिका पूर्वसभापति रिजालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
प्रकाशित मिति: १३:०४ बजे, सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार