Kathmandu Press

स्वास्थ्य सामग्री खरीद गर्न १३ करोड ८० लाख बजेट

सुर्खेत, जेठ ३ : कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले १३ करोड ८० लाख उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आइतबार बसेको...
स्वास्थ्य सामग्री खरीद गर्न १३ करोड ८० लाख बजेट

सुर्खेत, जेठ ३ : कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले १३ करोड ८० लाख उपलब्ध गराउने भएको छ। 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिण्डर खरीद तथा व्यवस्थापनका लागि ६ करोड, अक्सिजन कन्सन्ट्रेटरका लागि पाँच करोड ४५ लाख, रेम्डिसिभरलगायत औषधि खरीद तथा कोभिड बिरामीको हवाई उद्धारका लागि एक–एक करोड उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता कुर्मराज शाहीले जानकारी दिए।

Hardik ivf

बैठकले प्रदेशका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्नका लागि अक्सिजन प्लान्ट सुर्खेत जिल्लामा स्थापना (निर्माण) तथा सञ्चालन गर्ने र त्यसका लागि सामाजिक विकास मन्त्रालयले तत्काल आवश्यक कार्य तथा व्यवस्थापन गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहीले बताए।

बैठकले प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्नेलगायत निर्णय पनि गरेको प्रदेश सरकारले जनाएको छ। 

प्रकाशित मिति: ०६:३५ बजे, सोमबार, जेठ ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्