Kathmandu Press

धनगढीमा अक्सिजन प्लान्ट जडानका लागि कांग्रेस नेतृ राणाको १० लाख सहयोग

काठमाडौं, जेठ २ : नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी डा.आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट जडान सिलिण्डरका लागि १० लाख रुपैया सहयोग...
धनगढीमा अक्सिजन प्लान्ट जडानका लागि कांग्रेस नेतृ राणाको १० लाख सहयोग
Hardik ivf

काठमाडौं, जेठ २ : नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी डा.आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट जडान सिलिण्डरका लागि १० लाख रुपैया सहयोग गरेकी छन् । 

उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा राणाले १० लाख रुपैया सहयोग गरेकी हुन् । सूदुरपश्चिम प्रदेशमा अहिले चरम अक्सिजनको अभाव भैरहेको छ । कोरोनाका विरामीलाई उपचारका लागि अक्सिजन अभाव हुदा त्यहाँबाट अन्यत्र उपचारको लागि पठाउनु पर्ने बाध्यता छ । धनगढी उपमहानगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट बनाउनको लागि कोष खडा गरेको थियो । उक्त कोषमा राणाले १० लाख सहयोग गरेकी हुन् । 

उनले यसअघि पनि सूदुरपश्चिम क्षेत्रमा कोरोनाको मारमा परेकाहरुलाई राहत वितरण गर्दै आएकी छन् । नगरपालिकाले विभिन्न व्यक्तिहरुसँग उक्त कोषको लागि सहयोग अह्रवान गरेको छ । रकम जुट्नासाथ अक्सिजन प्लान्ट जडानको काम सुरु हुने बताइएको छ । 

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, जेठ २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्