Kathmandu Press

पदमुक्त भएका जसपाका चार सांसदको रिट सर्वोच्चमा दर्ता

काठमाडौं, जेठ २ :  पदमुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशसभाका चार जना सांसदले दिएको निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। जसपाकाे उपेन्द्र यादव...
पदमुक्त भएका जसपाका चार सांसदको रिट सर्वोच्चमा दर्ता

काठमाडौं, जेठ २ :  पदमुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशसभाका चार जना सांसदले दिएको निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। 

जसपाकाे उपेन्द्र यादव पक्षले  पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको भन्दै चार सांसद सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पार्टीबाट पदमुक्त गरेको थियो।

Hardik ivf

पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिएका थिए ।

सभामुखले यादव पक्षको कारवाही सदर गरेपछि चारैजना सांसद सो निर्णयविरुद्ध रिट लिएर सर्वोच्च आएका थिए । तर सर्वोच्चले हाल बन्दी प्रत्यक्षीकरण र कोरोना महामारीसँग सम्बन्धित मुद्दाको मात्रै सुनुवाई हुने भन्दै उनीहरुको निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।

सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या,मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाई र रिट दर्ता हुने भएपछि जसपाका चार सांसदको उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारवाही बदर होस् भन्ने रिट दर्ता भएको हो।

प्रकाशित मिति: १५:४० बजे, आइतबार, जेठ २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्