Kathmandu Press

हेटौँडा अस्पतालमा चार कोरोना संक्रमितको मृत्यु

मकवानपुर, जेठ २ : हेटौँडा अस्पतालमा उपचारका क्रममा थप चारजनाको मृत्यु भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचार गराइरहेका तीन महिला...
हेटौँडा अस्पतालमा चार कोरोना संक्रमितको मृत्यु
Hardik ivfHardik ivf

मकवानपुर, जेठ २ : हेटौँडा अस्पतालमा उपचारका क्रममा थप चारजनाको मृत्यु भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचार गराइरहेका तीन महिला र एक पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए।

उनका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा शनिबार दुई र आज बिहान दुई गरी चारजनाको कोभिड उपचार कक्षमा मृत्यु भएको हो। मृत्यु हुनेमा सबै हेटौँडा उपमहानगरपालिका निवासी रहेका छन्।

मृत्यु हुनेमा वडा नं १४ की ७४ र ४८ वर्षीया महिला, वडा नं ८ की ६१ वर्षीया महिला र वडा नं २ चौकीटोलका ६४ वर्षीय पुरुष रहेको डा. काफ्लेले बताए। मृतक सबैमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पतालको कोभिड उपचार कक्षमा भर्ना भएका थिए। 

प्रकाशित मिति: १४:४६ बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्