Kathmandu Press

साइबर आक्रमणको जोखिममा इन्धन पाइपलाइन

सन् १९८० तिर बीबीसीले कम बजेटमा आणविक युद्धमा आधारित सिनेमा ‘थ्रेड्स’ निर्माण गरेको थियो, जसमा एकदमै डरलाग्दा दृश्यहरू समावेश थिए। सिनेमाको शीर्षकले नै...
साइबर आक्रमणको जोखिममा इन्धन पाइपलाइन

सन् १९८० तिर बीबीसीले कम बजेटमा आणविक युद्धमा आधारित सिनेमा ‘थ्रेड्स’ निर्माण गरेको थियो, जसमा एकदमै डरलाग्दा दृश्यहरू समावेश थिए। सिनेमाको शीर्षकले नै नाजुक सम्बन्धहरूलाई जनाउँछ। त्यस्तै सम्बन्धमा आधुनिक समाज निर्भर छ।

त्यसको ४१ वर्षपछि मानिसको अन्तरसम्बन्ध अझ स्पष्ट छ, अहिले महत्त्वपूर्ण सञ्जालहरू नष्ट गर्न बमको आवश्यकता हुँदैन। बिछ्यौनामा बसेरै टाढा–टाढासम्म फैलिने लौकिक चार सय पाउन्डको ह्याकर हाम्रो उत्तर आधुनिक ‘आईसीबीएम’ (इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल) हो।

गत साता अमेरिकाको हस्टनबाट न्युजर्सीमा इन्धन आपूर्ति गर्ने पाइपलाइनमा भएको साइबर आक्रमण त्यसको एक उदाहरण हो। यो कुनै महायुद्धको कथा होइन। इन्धन भर्न लामबद्ध कारको ताँतीबीच एकाएक ह्याकरले इन्धन पाइपलाइन नै बन्द गराइदिएका थिए।

यदि कुनै महायुद्ध हुन्थ्यो भने अनलाइन न्युजपोर्टल र भोलिपल्ट प्रकाशित अखबारहरूका शीर्षक ‘ओपेकले अमेरिकामाथि लगायो इन्धन आपूर्तिमा प्रतिबन्ध’ हुने थिए। त्यो साइबर आक्रमण थियो। त्यसैले शीर्षक बन्यो ‘मुख्य पाइपलाइन साइबर आक्रमणबाट बन्द’।

अझै पनि ऊर्जा मार्गको सुरक्षालाई लिएर सोचिरहेका छौँ– विदेशी इन्धन आपूर्ति रोक्न तैनाथ ‘बुगिम्यान’ले ‘स्वतन्त्रता’ वा ‘प्रभुत्व’को अनुसरण गर्दै मुकाबला गरिरहेको छ। तर, त्यसरी नै फिरौती असुलीमा संलग्न कुनै समूहले पाइपलाइनलाई बन्धक बनायो भने त्यसलाई रोक्न कसैले सक्ने छैन। यो उत्तरभन्दा धेरै ठूलो प्रश्न हो।

यो पहिलो उदाहरण हो तर तपाईंको सोच अझै पनि पुरातन शैलीमा रोकिएको छ भने तपाईं सन् १९७० कै दशकमा अड्किनुभएको छ भन्ने पुष्टि हुन्छ। जब कि, घरेलु तेल र ग्यासको उच्च उत्पादन र उपलब्धतासँगै ऊर्जा सञ्जालको महत्त्व र जोखिम २१औँ शताब्दीको महत्त्वपूर्ण मुद्दा हो।

यदि हामी प्रत्येक इलेक्ट्रोन ‘मेड इन यूएसए’ स्टिकरसहित आओस् भन्ने चाहन्छौँ भने जति कोइला जलाउँथ्यौँ त्यति नै प्राप्त गर्न सक्थ्यौँ। तर, अर्थतन्त्रसहित यसको बीचमा आउँछन्, कार्बन डाइअक्साइड र प्रदूषण पनि।

निम्न वा शून्य कार्बन ऊर्जा प्रणालीका लागि ट्रान्समिसन लाइनको लागत प्राथमिक मुद्दा हो, इन्धन र जलवायु बचत नयाँ उपकरणहरूमा अग्रिम लगानी त्यसपछि मात्र आउँछन्। बिजुलीको ग्रिड आविष्कारकर्ताले एक शताब्दी अगाडि नै त्यसलाई प्रयोगमा ल्याएका थिए। र, त्यसको लागत कम गर्ने तरिकाका रूपमा अधिकतम ग्राहकलाई त्यसमा आबद्ध गर्नु थियो। त्यसैले त्यसरी जोडिएका ग्राहकको सुरक्षाका खातिर वेब प्रणालीको सुरक्षा मुख्य पक्ष हो।

हामी पूर्वाधार कस्तो छ भन्ने बहस छेड्न सक्छौँ। तर, यस्ता आक्रमणविरुद्ध सुरक्षाको जस्तो उपाय अपनाउछौँ, त्यसको पनि सुरक्षा महत्त्वपूर्ण हुन्छ। सिनेमा ‘थ्रेड्स’को कथाकै जस्तो जोखिमपूर्ण अवस्था अहिले पनि छ।

एक महिनाअघि प्रकाशित ‘नेसनल इन्टेलिजेन्स’ निर्देशक कार्यालयले गरेको ‘थ्रेट एसेस्मेन्ट’अनुसार रुसले अति संवेदनशील पूर्वाधारमाथि रुसले निरन्तर निशाना साँधिरहेको छ। तर, यसमा चाँदीको घेरा पनि छ– अमेरिकाले अनलाइन अपराधीलाई असफल पनि पारेको छ।

(ब्लुमबर्ग डट कमबाट)
 

प्रकाशित मिति: ०६:०९ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्