Kathmandu Press

नेपाल सुपर लिग: काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

काठमाडौं, वैशाख २८ : धनगढी एफसी काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको क्वालिफायरमा काठमाडौं रेजर्सलाई...
नेपाल सुपर लिग: काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

काठमाडौं, वैशाख २८ : धनगढी एफसी काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार साँझ दशरथ रंगशालामा भएको क्वालिफायरमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै धनगढी नेपाल सुपर लिगको उपाधि नजिक पुगेको हो।

Hardik ivf

धनगढीसँगको हारपछि काठमाडौंलाई फाइनल पुग्ने अर्को अवसर भने रहनेछ। अब उसले फाइलन प्रवेशका लागि ललितपुर सिटी एफी र बुटबल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ।

धगनढीको जितमा पुजन उपरकोटी र मार्की खेलाडी विशाल राईले गोल गरे भने काठमाडौंका तेज तामाङले गोल गरेका थिए।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ७५औं मिनेटमा तेज तामाङले मेसौके ओलोमोउको पासमा गोल गर्दै काठमाडौं रेजर्सलाई सुरुआति अग्रता दिलाए।

काठमाडौंको अग्रता धेरैबेर टिक्न सकेन। ७८औं मिनेटमा पुजन उपरकोटीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले फ्रान्कलिनको पासमा बाइसाइकल किकमार्फत गोल गरेका थिए।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको थियो। अतिक्ति समयको २८औं मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई अग्रता दिलाए। उनले रमेश दंगालको हेडिङ पासमा सहजै गोल गरेका थिए।

खेलमा धनगढीका फ्रान्कलिन कुइटे प्लेयर अफ दि म्याच भए भने धनगढीकै सौजन राई इमर्जिङ प्लेयर अफ दि म्याच घोषित भए।

प्रकाशित मिति: २१:१३ बजे, मंगलबार, वैशाख २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्