Kathmandu Press

नेपाल सुपर लिग : विराटनगरलाई हराउँदै ललितपुर प्लेफमा

काठमाडाैं, वैशाख २५ : पछिल्ला दुई खेलमा जित निकाल्दै ललितपुर सिटी एफसी राजधानीमा जारी पहिलो संस्करणको नेपाल सुपर लिगको प्लेअफमा पुगेको छ। शनिबार...
नेपाल सुपर लिग : विराटनगरलाई हराउँदै ललितपुर प्लेफमा

काठमाडाैं, वैशाख २५ : पछिल्ला दुई खेलमा जित निकाल्दै ललितपुर सिटी एफसी राजधानीमा जारी पहिलो संस्करणको नेपाल सुपर लिगको प्लेअफमा पुगेको छ। शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलमा विराटनगरमाथि ४–०को सादार जित निकाल्दै ललितुर प्लेअफमा पुगेको हो।

लगातार दोस्रो जित निकाल्दै ललितपुर अंकतालिका ३ तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो। यता, प्रतियोगितामा उत्कृष्ट खेल खेलेका विराटनगर भने लगातार दोस्रो हारसँगै प्लेअफमा पुग्न असफल भएको छ। ७ अंक जोडेको विराटनर पाँचौैं स्थानमा छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन विष्टले दुई गोल गरे भने विमल राना र नुर्लान जाहिदले पनि गोल गरे ।

Hardik ivf

खेलको ३६ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाए । विमल रानाको प्रहार गोलकिपर किशोरले क्लियरको बलमा अन्जनले भली मार्फत् गोल गरेका थिए।

पहिलो हाफमा १ गोलको अग्रता लिएको ललितपुरले तानावपूर्ण दोस्रो हाफमा थप तीन गोल गरेको थियो । ६३ औं विमलले गोल गर्दै ललितपुरको अग्रता दोब्बर गरे । उनले अन्जनको पासरमा वान टचमा गोल गरेका थिए ।

तर, ललितपुरले दोस्रो गोल गरेपछि खेल तनाव ग्रस्त बन्यो । रेफ्रीको निर्णयमा असन्तुष्ट प्रकट गर्दै विराटनगरका अफिसियलले निर्देशन दिएपछि खेलाडीहरु मैदानबाट बाहिरिएका थिए । तर, केहि समयपछि खेलाडी मैदान फर्किएका थिए ।

खेलको ८१औं मिनेटमा अन्जनले कलम श्रेष्ठको फ्रिकिमा उत्कृष्ट हेडिङ गोल गर्दै टिमलाई जिततर्फ अग्रसर गराए । ८५ औं मिनेटमा विराटनगर १० खेलाडीमा समेटियो । रन्जित धिमालको स्थानमा मैदान छिरेका विजय धिमाल दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

इन्जुरी समयको छैटौं मिनेटमा नुर्लानले काउन्टर अट्याकमा गोल गर्दै ललितपुरलाई ४–० को जित दिलाए र टिमलाई प्लेअफमा स्थान सुरिक्षत गराए ।
प्लेअफको एलिमिनेटरमा विाराटनरले चौथो हुने टिम बुटबल लुम्बिनी एफसी वा पोखरा थन्डर्ससँग खेल्ने छ।

खेलमा ललितपुरका कप्तान अन्जन प्लेयर अफ दि म्याच चुनिए भने इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरकै डोना थापा भए ।

 

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, वैशाख २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्