Kathmandu Press

महामारीमा पनि दुर्गममा रासन बोक्दै सीता एयर

काठमाडौं, वैशाख २४ : सीता एयरले लकडाउनको कठिन समयमा पनि हुम्लाको सदुरमुकाम सिमिकोटमा अत्यावस्यक खाद्यन्नहरु पुर्याउदै आएको  छ ।सीताले नेपालगंज र सुर्खेतबाट कार्गो...
महामारीमा पनि दुर्गममा रासन बोक्दै सीता एयर

काठमाडौं, वैशाख २४ : सीता एयरले लकडाउनको कठिन समयमा पनि हुम्लाको सदुरमुकाम सिमिकोटमा अत्यावस्यक खाद्यन्नहरु पुर्याउदै आएको  छ ।

सीताले नेपालगंज र सुर्खेतबाट कार्गो उडान भर्दै सिमिकोटमा चामल लगायत अत्यावस्यक खाद्यन्न सप्लाई गर्दै आएको हो । सीताले लकडाउनको अवधिमा मात्रै ७ लाख किलो चामल तथा अन्य खाद्यन्न सिमिकोट पुर्याउने जिम्मेवारी पाएको छ ।  '७ लाख किलो चामल लगायत अत्यावस्यक खाद्यन्न पुर्याउने जिम्मेवारी पाएका छौ । सिमिकोटबाट खाली फर्कनुपर्ने भएपनि हामी खाद्यन्नको अभाव हुन नदिन आफ्नो दायित्व सम्झेर लागि परेका छौ,' सीता एयरका वरिष्ठ महाप्रवन्ध धनश्याम आचार्यले भने,  'विमान चालक दलका सबै सदस्य र ग्राउण्डमा काम गर्ने स्टाफहरु सबैलाई पीपीई सहित सम्पूर्ण सावधानीका साथ काम गरिरहेका छैं ।'


 

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्