प्रविशा र सुवाषको स्वरमा ‘सामिप्यता’

काठमाडौं, वैशाख २४ : प्रविशा अधिकारी र सुभाष पुरीको स्वर रहेको गीत ‘सामिप्यता’ सार्वजनिक भएको छ । टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत छ ।

प्रथम क्षेत्रीले निर्देशन गरेको गीतको भिडियोमा प्रथम र नेहा गुरुङले फिचरिङ गरेका छन् ।

फत्ता थापा निर्माता रहेको गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सिलन लम्सालको सम्पादन गरेका छन्।

हेर्नुस् भिडियो

 Published Date: Friday, 7th May 2021 1:35:00 pm