Kathmandu Press

महामारीमा एनसेलले ल्यायो राहत प्याक अफर

काठमाडौं, वैशाख २३ : कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर एनसेल आजियटा लिमिटेडले रातह प्याक अफर ल्याएको छ। कोरोनाको दोस्रो लहरले सिर्जना गरेको कठिन परिस्थितिमा आफ्ना...
महामारीमा एनसेलले ल्यायो राहत प्याक अफर

काठमाडौं, वैशाख २३ : कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर एनसेल आजियटा लिमिटेडले रातह प्याक अफर ल्याएको छ। 

कोरोनाको दोस्रो लहरले सिर्जना गरेको कठिन परिस्थितिमा आफ्ना ग्राहकको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न र उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यले यो अफर ल्याएको एनसेलले जनाएको छ। यो अफरअन्तर्गत प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु र एनसेल सापटीमा विभिन्न थप सुविधालगायतका राहत अफर रहेका छन्। 

एनसेलले प्रत्येक रिचार्जमा बोनस डेटा अफर ल्याएको छ। यसमा ग्राहकले ५० देखि ९९ सम्मको रिचार्जमा ५० एमबी, एक सयदेखि १९९ सम्म एक सय एमबी, दुई सयदेखि दुई सय ९९ सम्म दुई सय एमबी, तीन सयदेखि चार सय ९९ सम्म तीन सय एमबी डेटा बोनस पाइनेछ। 

Hardik ivf

त्यस्तै, पाँच सयदेखि नौ सय ९९ सम्मको रिचार्जमा पाँच सय एमबी तथा एक हजार वा सो भन्दा बढिको रिचार्जमा एक हजार एमबी डेटा बोनस पाइने एनसेलले जनाएको छ। 

यस्तै, वैशाख २१ गतेदेखि सुरु भएको ३० दिने डेटा प्याकमा डबल डेटा अफर अन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनस पाइनेछ। 

वर्क फ्रमहोम अफर अन्तगर्त दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ। दैनिक डेटा प्याकमा कर सहित ३१ रुपैयाँमा दुई जीबीएप डेटा प्राप्त गर्नसकिनेछ। यसमा माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ देखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ। 

साप्ताहिक प्याकअन्तर्गत ग्राहकले कर सहितमात्र एक सय २७ रुपैयाँमा १४ जीबीएप डेटा तथा ३ जिबीअल टाइम डेटा प्रयोग गर्न सकिनेछ। 

डिजिटल प्लेटफर्म मार्फत प्याकहरुको खरिदमा बोनस अफर अन्तर्गत डिजिटल प्लेटफर्महरु एनसेल एप, च्याटबोट र वेभसाइट मार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सकिनेछ। यसका साथै ग्राहकले डिजिटल प्लेटफर्म मार्फत सेवा खरिद गर्दा विभिन्न बोनस पनि पाउन सकिनेछ। 

एनसेल सापटीमा विभिन्न सुविधा प्राप्त गर्न सकिनेछ। यो अफरमा ८० रुपैयाँसम्म सापटी लिन सकिनेछ। साथै १२ सय एमबी डेटा पनि सापटी अन्तर्गत लिन सकिनेछ। 

प्रकाशित मिति: २१:५३ बजे, बिहीबार, वैशाख २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्