हालसम्म ५१ जिल्लामा निषेधाज्ञा जारी
काठमाडौं, वैशाख २२ : कोरोना भाइरसको दोस्रो लहर तीब्र रुपमा फैलिदै जाँदा गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू भएको जनाएको छ। मन्त्रालयले...
काठमाडौं, वैशाख २२ : कोरोना भाइरसको दोस्रो लहर तीब्र रुपमा फैलिदै जाँदा गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू भएको जनाएको छ।
मन्त्रालयले मंगलबार साँझ ८ बजे जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ। तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाइएको जनाएको छ।
हाल देशका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् भने १४ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि थप गरिएको छ।
प्रकाशित मिति: ०८:०८ बजे, बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
