अब काठमाडौं उपत्यका छाड्नेलाई स्थानीय तहको सिफारिश अनिवार्य
काठमाडौं, वैशाख २२ : अब काठमाडौं उपत्यकाबाट गाउँ फर्किन चाहानेहरुको खण्डमा सम्बन्धित स्थानीय तहको सिफारिश अनिवार्य चाहिने भएको छ ।मंगलबार काठमाडौं, भक्तपुर र...
काठमाडौं, वैशाख २२ : अब काठमाडौं उपत्यकाबाट गाउँ फर्किन चाहानेहरुको खण्डमा सम्बन्धित स्थानीय तहको सिफारिश अनिवार्य चाहिने भएको छ ।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिश माग गर्ने निर्णय गरेको हो ।
सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाए मात्र उपत्यका बाहिर जान सहजीकरण गर्ने निर्णय गरेको हो ।
कोरोनाभाइरस महामारी रोकथामका लागि उपत्यकाका तीन जिल्लामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
प्रकाशित मिति: ०७:२० बजे, बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
