Kathmandu Press

टिकटकबाटै पुनः हिट मोडल डि.सी.को ‘फुर्के धागो’, युटुबमा १० लाख वढी ‘भ्यूज’ 

काठमाडौं, वैशाख २२ : पछिल्लो समय टिकटकमा भाईरल ‘फुर्के धागो’ ले पुनः दर्शक श्रोताको मन जितेको छ । झण्डै तीन बर्ष पुरानो तीज गीत...
टिकटकबाटै पुनः हिट मोडल डि.सी.को ‘फुर्के धागो’, युटुबमा १० लाख वढी ‘भ्यूज’ 

काठमाडौं, वैशाख २२ : पछिल्लो समय टिकटकमा भाईरल ‘फुर्के धागो’ ले पुनः दर्शक श्रोताको मन जितेको छ । 

झण्डै तीन बर्ष पुरानो तीज गीत  ‘फुर्के धागो’ बोलको गीतले टिकटकमा भाइरल बनेपछि एकाएक युटुबमा पनि  ‘भ्यूज’ वढाएको हो । उक्त गीतले अहिले युटुबमा १० लाख ओभर  ‘भ्यूज’ पाईसकेको छ । विश्वभर फैलिएको कोरोना कहर र जारी निषेधाज्ञाका कारण फुर्सदिला बनेका हजारौं टिकटक युजरहरुले यो गीतमा टिकटक बनाईरहेका छन् । 

गीतको चर्चा चुलिएसँगै यस गीतमा मोडलिङ गरेका नयन डिसी र बिनिताको करिअरमा पनि पुनः एकपटक यो गीतले उनीहरुको मोडलिङ करिअरमा एउटा इट्टा थप्ने काम गरेको छ । मोडल डिसीका ‘तिमिलाई देख्दा मात्र’,  ‘कुन गीत गाउँ’, ‘भाईरल भयो रे’, ‘तिम्रो रुपैले’, ‘चुईकम चपाउँदै’, ‘गजल गाइन्छ’ लगाएतका दर्जनौ गीतमा लोभलाग्दो अभिनय गरिसकेका छन् । 

प्रभा वर्तौलाको शब्द रहेको गीतमा थानेश्वर गौतम र जुनु रिजाल काफ्लेको स्वर रहेको छ भने गौतम स्वयंमले संगीत भरेका छन्।

प्रकाशित मिति: ०६:५० बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्