Kathmandu Press

रास्वपा उपसभापति अर्यालले दर्ता गराए सभामुखमा उम्मेदवारी

अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन्।
रास्वपा उपसभापति अर्यालले दर्ता गराए सभामुखमा उम्मेदवारी

काठमाडौं, चैत २० : प्रतिनिधिसभाको सभामुखका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले उम्मेदवारी दर्ता गराएका छन्।

अर्यालले शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गराएका छन्। बिहीबार साँझ बसेको पार्टी संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोही अनुसार उनले उम्मेदवारी दर्ता गराएका हुन्। 

अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन्।

सभामुखका लागि चैत २२ गते निर्वाचत हुँदैछ। त्यसका लागि संघीय संसद सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकेको छ। 

प्रकाशित मिति: १२:१० बजे, शुक्रबार, चैत २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्