Kathmandu Press

सेतो मच्छिन्द्रनाथ जात्रा सुरु [फोटो फिचर]

चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने सेतो मछिन्द्रनाथको जात्रा तीन दिन मनाइन्छ।
सेतो मच्छिन्द्रनाथ जात्रा सुरु [फोटो फिचर]

काठमाडाैं, चैत १२ : सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को रथ तान्न सुरु भएको छ। 

जमलस्थित तीनधारा पाठशाला परिसरबाट रथ असनतर्फ तानिँदै छ।

चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने सेतो मछिन्द्रनाथको जात्रा तीन दिन मनाइन्छ।

याे रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न सुरु हुन्छ।

शताब्दीयौँ पुरानो यो जात्रा धार्मिक आस्थासँगै मौलिक सीप, परम्परागत प्रविधि र सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा परिचित रहेको छ।

photo-26_c04c43fd-1774538490.jpg

photo-15_776cb526-1774538480.jpg

photo-18_86bd81be-1774538482.jpg

photo-16_14c9d643-1774538481.jpg

photo-21_28a20a5e-1774538487.jpg

photo-11_2dbbe599-1774538479.jpg

photo-22_73a6b57f-1774538488.jpg

photo-17_e21d2a31-1774538484.jpg

photo-8_fc667dfb-1774538479.jpg

photo-13_488815b1-1774538480.jpg

photo-19_ff4daa2c-1774538485.jpg

photo-25_e88e12cc-1774538490.jpg

प्रकाशित मिति: २१:१२ बजे, बिहीबार, चैत १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्