राष्ट्रपतिले जारी गरिन् ७ अध्यादेश
काठमाडौं, वैशाख २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटा अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी...
काठमाडौं, वैशाख २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटा अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपतिले जारी गरेको अध्यादेशमा यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ छन् ।
यस्तै, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेकी छन्।
प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(4)-1753887070.jpg)