Kathmandu Press

थप कडा भयो निषेधाज्ञा

बैठकले पसल खोल्ने समय छोट्याएको छ । उपत्यकाका बिहान ७ देखि ९ बजेसम्म मात्र खुल्नेछन्। यस्तै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन रोक लगाइएको छ ।  
थप कडा भयो निषेधाज्ञा

काठमाडौं, वैशाख २१ : काठमाडौं उपत्यकाको निषेधाज्ञा थप कडा बनाइएको छ । मंगलबार उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बंठकले कोरोना संक्रमण झन बढेको भन्दै निषेधाज्ञा थप कडा बनाउने निर्णय गरेको हो । 

बैठकले पसल खोल्ने समय छोट्याएको छ । उपत्यकाका बिहान ७ देखि ९ बजेसम्म मात्र खुल्नेछन्। यस्तै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन रोक लगाइएको छ ।  

प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको छ । अब उपत्यकाको निषेधाज्ञा वैशाख २९ गतेसम्म निषेधाज्ञा जारी रहनेछ ।  

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको छ । 

 

प्रकाशित मिति: १५:४६ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्