Kathmandu Press

आईपिएल स्थगित

आईपिएल स्थगित

नयाँ दिल्ली, वैशाख २१ : इन्डियन प्रियिमर लिग (आइपिएल)को जारी सिजन स्थागित भएको छ। कोरोना भाइरसको महमारीबीच नै सुरु भएको आईपिएलको १४औं संस्करणमा सहभागी खेलाडीमै कोरोना संक्रमण देखिएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले आईपिएपल स्थगित गरको हो।

मंगलबार दिल्ली क्यापिटल्सका अमित मिश्रा र सनराइजर्स हैदरावालदका ऋद्धिमन साहलाई कोरोना संक्रमण पुष्टी भएपछि बिसिसिआई आईपिएल स्थगित गर्ने निर्णयमा पुगेको उपाध्यक्ष राजिव शुक्लाले बताएका छन् ।

सोमबार मात्र कोलकाता नाइट राइडर्सका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना संत्रमण देखिएको थियो। सोहीका सोमबारका लागि तय भएको कोलकाता र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल स्थगित गरिएको छ।

सोमबार नै चेन्नई सुपर किंग्सका ३ सदस्यमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो। 

कोरोना संक्रमण बढेपछि बन्द रंगशालमा भइरहेको आईपिएलबाट कतिपय स्वदेशी तथा विदेशी खेलाडी नाम फिर्ता लिने तयारीमा थिए। सोही कारण बिसिसिआईले आईपिएल स्थगित गरेको हो। कतिपय खेलाडीले भने यअसघि नै आईपिएल छोडिसकेका थिए।

प्रकाशित मिति: १४:१९ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्