Kathmandu Press

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्।
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २० : राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

सरकारको सिफारिसमा सोमबार गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख बनाएकी हुन्। यसअघि गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त प्रदेश प्रमुख थिए।

शेरचन र पन्त दुवै माओवादी केन्द्रको सिफारिसमा प्रदेश प्रमुख बनेका थिए। माओवादी केन्द्रकै सिफारिसमा प्रदेश–२ प्रमुख तिलक परियारलाई सरकारले हटाइसकेको छ।
 

प्रकाशित मिति: १७:०९ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्