Kathmandu Press

सेनालाई हजार शय्याको अस्पताल बनाउन प्रधानमन्त्रीको निर्देशन, सबै ठूला अस्पताललाई कोभिड अस्पताल बनाइने

प्रधानमन्त्री ओलीले सोमबार देशबासीका नाममा सम्बोधन गर्दै नेपाली सेनालाई प्रदेश तथा राजधानमा एक हजार शय्याको कोभिड अस्पताल तत्काल बनाउन निर्देशन दिएका हुन्।
सेनालाई हजार शय्याको अस्पताल बनाउन प्रधानमन्त्रीको निर्देशन, सबै ठूला अस्पताललाई कोभिड अस्पताल बनाइने

काठमाडौं, वैशख २० : प्रधानमन्त्री केपी ओलीले नेपाली सेनाले एक हजार शय्याको अस्पताल बनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले सोमबार देशबासीका नाममा सम्बोधन गर्दै नेपाली सेनालाई प्रदेश तथा राजधानमा एक हजार शय्याको कोभिड अस्पताल तत्काल बनाउन निर्देशन दिएका हुन्।

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले देशभर सञ्चालनमा रहेका निजी तथा सरकारी सबै ठूला अस्पतलालाई कोभिड अस्पतलाका रुपमा सञ्चालन गर्न निर्देशन दिए । उनले वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको मिलिटरी अस्पताल, काठमाडौंका धेरै शैय्या भएका मेडिकल कलेज ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन बताए।

Hardik ivf

प्रदेश सरकारले पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड र साना अस्पतालाई ननकोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने ओलीले बताए ।

सबै अस्पतालले पूर्ण रुपमा बिरामीको उपचार गर्नुपर्ने र त्यसको विवरण सरकारलाई नियमति रुपमा बुझाउनुपर्ने छ उनले उल्लेख गरे। सरकारी निर्णयको अवज्ञा गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत प्रधानमन्त्रीले दिए ।

प्रधानमन्त्रीले सबै पार्टी प्यालेस र रंगशालाहरुलाई आइसोलेसनमा परिणत गरिने घोषणा गरेका छन्।

प्रकाशित मिति: १६:२० बजे, सोमबार, वैशाख २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्