Kathmandu Press

नवगायिका बिशाखाको स्वरमा  ‘पियारी’ को  ‘फिमेल भर्सन’ (भिडियो) 

काठमाडौं, वैशाख १७ : नवगायिका बिशाखा शाही ठकुरीको स्वरमा चर्चित गीत  ‘पियारी’ को  ‘फिमेल भर्सन’ सार्वजनिक भएको छ ।बिशाखाले  ‘फिमेल भर्सन’ मा गाएको...
नवगायिका बिशाखाको स्वरमा  ‘पियारी’ को  ‘फिमेल भर्सन’ (भिडियो) 
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख १७ : नवगायिका बिशाखा शाही ठकुरीको स्वरमा चर्चित गीत  ‘पियारी’ को  ‘फिमेल भर्सन’ सार्वजनिक भएको छ ।

बिशाखाले  ‘फिमेल भर्सन’ मा गाएको गीतलाई लाइमलाइट नेपाल युट्युव च्यानलले सार्बजनिक गरेको हो । गीतमा गायिका बिशाखा सहित पशुपति खनाल र अस्मिता सेन्चुरीको अभिनय देख्न सकिन्छ ।

‘मेल भर्सन’ जस्तै यसको  ‘फिमेल भर्सन’ ले लोकप्रियता कमाउने विश्वास लिईएको छ ।  बिहिबार मात्र सार्बजनिक गरिएको गीतले हालसम्म युटुबमा करिब ३० हजार दर्शकको माया पाईसकेको छ ।

देउडा शैलीमा रहेको गीतमा युवा गायक जोसेफ शाही ठकुरी आफैलै शब्द लेखेका हुन् भने स्वर पनि आफैले दिएका छन् । गीतमा कोशिष क्षेत्रिले संगीत भरेका हुन् ।

गरिबीले थिचिएपछि केहि विकल्प नभेटेर धन कमाउन विदेश गएको एक परदेशीले आफ्नी धर्मपत्नीलाई सम्झाइरहेको कथाबस्तुलाई उठान गरिएको गीत चर्चित रियालीटी शो द भ्वाइस नेपालबाट पुनः चर्चामा आउनुका साथै यतिबेला टिकटकमा भाइरल समेत बनेको छ । 


 

प्रकाशित मिति: ०९:०५ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्