Kathmandu Press

पुनर्निर्माणको ६ वर्ष, उपलब्धि कति ?

२०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो। त्यसैको १७ दिनपछि अर्थात् वैशाख २९ गतेको शक्तिशाली परकम्पले पहिलाको क्षतिलाई अझ बढाइदियो।
पुनर्निर्माणको ६ वर्ष, उपलब्धि कति ?
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख १० : २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो। त्यसैको १७ दिनपछि अर्थात् वैशाख २९ गतेको शक्तिशाली परकम्पले पहिलाको क्षतिलाई अझ बढाइदियो।

विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदा, विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालयलगायत भवन भत्किँदा मुलुक नै कुरुप बनेको थियो। तर त्यतिबेला ढलेका कतिपय संरचनाहरू यतिबेला बनिसकेका छन् भने कतिपय धमाधम बन्ने क्रममा छन्। क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा पुनर्निर्माणले लगभग ६ वर्षे अन्तरालमा राम्रो प्रगति गरे पनि अझै त्यसले पूर्णता भने पाइसकेको छैन। 

पुनर्निर्माण र पुनस्थापनाका लागि स्वीकृत पञ्चवर्षीय योजनाको परिमार्जित कुल बजेट ४ खर्ब ४८ अर्ब रहेको थियो। गत पुससम्म नेपाल सरकार एंव दातृ निकायको समेत गरी कुल ३ खर्ब ३९ अर्ब खर्च भइसकेको प्राधिकरणको भनाइ छ। 

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार सम्पदाको काम सम्रगमा ७० प्रतिशत सकिएको छ। ‘विभिन्न नीतिनियम र व्यवस्थापकीय झन्झटका कारण पाँच वर्षमा लक्ष्यअनुरूप पुनर्निर्माण कार्य सम्पन्न हुन नसकेको हो,’ उनी भन्छन्।

कुन क्षेत्रमा कति संरचना बने, कति बन्न बाँकी ? 

सार्वजनिक विद्यालय 

भूकम्पले सार्वजनिक विद्यालयका भवनहरूमा पनि ठूलो क्षति पृ¥याएको थियो। भूकम्पले क्षति पु¥याएको ७ हजार ५ सय ५३ विद्यालय पुनर्निर्माण गर्ने योजना थियो। त्यसमा ६ हजार ८५ विद्यालय पुनर्निर्माण काम सम्पन्न भइसकेको छ। १ हजार ३ सय २९ विद्यालयको पुनर्निर्माणको काम भइरहेको छ। १ सय ३९ सार्वजनिक विद्यालयको निर्माण कार्य सुरु हुनै बाँकी छ। 

सार्वजनिक विद्यालयका कक्षाकोठा

सार्वजनिक विद्यालयमा कक्षाकोठा ४९ हजार ६ सय ८१ पुनर्निमाण गर्ने योजना रहेकोमा ३१ हजार १ सय ९५ निर्माण सम्पन्न भइसकेका छन् भने १४ हजार ३ सय ७ निर्माणाधीन अवस्थामा छन्। ४ हजार १ सय ७९ कक्षाकोठा पुनर्निर्माणको काम सुरु गर्नै बाँकी रहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ। 

स्वास्थ्य संस्थाका भवनहरू

स्वास्थ्य संस्थाका भवनहरू ५ सय ४४ वटा पुनर्निर्माण गर्ने लक्ष्य थियो। मर्मतसम्भार गर्नुपर्ने ६ सय ५३ सहित १ हजार १ सय ९७ भवना पुनर्निर्माण गर्ने योजना रहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताए। हालसम्म ३ सय २६ भवन पुनर्निर्माण भइसकेका छन् भने ३ सय ७२ प्रबलीकरण गरिएका समेत गरेर ६ सय ९८ भवन निर्माण सम्पन्न भएका छन्। 

प्राधिकरणको तथ्यांकअनुसार १ सय ४३ स्वास्थ्य भवनको पुनर्निर्माण भइरहेको छ। जसमा ९० भवन पुनर्निर्माण गर्नुपर्ने खालका छन् भने ५३ वटा मर्मतसम्भार गर्नुपर्ने किसिमका छन्। तीमध्ये ३ सय ५६ स्वास्थ्य संस्थाका भवन पुनर्निर्माणको काम सुरु हुनै बाँकी छ। 

पुरातात्विक सम्पदा

भूकम्पले क्षति पु¥याएका ९ सय २० सम्पदाको पुनर्निर्माण गर्ने लक्ष्य थियो। त्यसमा हालसम्म ४ सय ६५ पुरातात्विक सम्पदाहरू पुनर्निर्माण भइसकेका छन्।

१ सय ३१ पुरातात्विक सम्पदा निर्माणाधीन अवस्थामा छन्। त्यसमा ७८ वटाको पुनर्निर्माण भइरहेको छ भने ५३ वटाको प्रबलीकरण गर्ने काम भइरहेको छ। ३ सय ७७ सम्पदा निर्माण कार्य सुरु हुन बाँकी छ। 

सरकारी भवन 

भूकम्पमा क्षति पुगेका ४ सय १५ सरकारी भवन पुनर्निर्माण गर्ने प्राधिकरणको लक्ष्य राखिएकोमा ३ सय ७३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ। जसमा २ सय ४६ वटाको प्रबलीकरण गर्नुपर्नेअन्तर्गत पर्छन्। त्यस्तै ६० सरकारी भवन निर्माणाधीन अवस्थामा छन्। नौवटा सरकारी भवनको निर्माण थाल्नै बाँकी छ। 

सुरक्षा निकाय भवन 

सुरक्षा निकायका भवन २ सय १६ भवन पुनर्निर्माण गर्ने योजना थियो। जसमा हालसम्म २ सय १६ वटैको पुनर्निर्माण भइसकेको छ। पछि थपिएका १८९ भवनमध्ये २२ वटा निर्माणधीन अवस्थामा छन् भने पछि थपिएकै १ सय ६७ भवन र्निर्माण सुुरु हुनै बाँकी छ। 

गुम्बा पुनर्निर्माण

६ वर्षसम्म आइपुग्दा गुम्बा पुनर्निर्माणले भने अपेक्षाकृत गति लिन सकेको छैन। कुल १ हजार ३ सय २० वटा गुम्बामा क्षति भएकोमा ८ सय ९५ वटा पुनर्निर्माण र ४ सय २ वटा मर्मत गर्नुपर्नेअन्तर्गत थिए। 

सय वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी क्षेत्रमा फैलिएका २ सय ६४ वटा गुम्बामध्ये ३६ वटा र २ हजार वर्गफिटमुनिका ६ सय २१ गुम्बामध्ये १ सय १ पुनर्निर्माण अघि बढेको प्राधिकरणले जनाएको छ।
 

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्