Kathmandu Press

जिल्ला अदालत मकवानपुरद्वारा एकैदिन १३ मुद्दा फैसला

वाग्मती, वैशाख ८ : जिल्ला अदालत मकवानपुरले मंगलबार एकैदिन  १३ मुद्दा फैसला गरेको  छ। सो दिनका लागि इजलासमा २८ मुद्दाका पेशी तोकिएको थियो। यस्तै...
जिल्ला अदालत मकवानपुरद्वारा एकैदिन १३ मुद्दा फैसला
Hardik ivfHardik ivf

वाग्मती, वैशाख ८ : जिल्ला अदालत मकवानपुरले मंगलबार एकैदिन  १३ मुद्दा फैसला गरेको  छ। सो दिनका लागि इजलासमा २८ मुद्दाका पेशी तोकिएको थियो। यस्तै अदालतले १५ मुद्दामा आदेश जारी गरेको छ।

न्यायाधीश डिल्लीरत्न श्रेष्ठका इजलासमा मुद्दाका पेशी तोकिएकामा तीनको फैसला भएको तथा तीनमा आदेश जारी भएको छ। यस्तै न्यायाधीश कमलराज विष्टका इजलासमा आठ मुद्दाका पेशी तोकिएकामा पाँचको फैसला भएको तथा तीनमा आदेश जारी भएको हो।

यसै गरी न्यायाधीश मनोज श्रेष्ठका इजलासमा सात मुद्दाका पेशी तोकिएकामा एकको फैसला भएको तथा छ मुद्दाको आदेश जारी भएको थियो।

न्यायाधीश सीता शर्मा अधिकारीका इजलासमा सात पेशी तोकिएकामा चार फैसला भएको तथा तीन आदेश जारी भएको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए। यस्तै जिल्ला अदालत मकवानपुरको इजलासमा आज लागि १९ मुद्दाको पेशी तोकिएको जनाइएको छ। 
 

प्रकाशित मिति: ११:११ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्